शनि, असार २७, २०७७
Sat, July 11, 2020

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख बढी

पूर्णपुष्टि, असार १५

विश्वको विभिन्न देशमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ ।

उक्त संक्रमित मध्ये अहिलेसम्म ५ लाख ४ हजारभन्दा बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । यस्तै सङ्क्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी सङ्क्रमितमध्ये १ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ९३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

भारतमा ५ लाख ४९ हजारभन्दा बढी सङ्क्रमित मध्ये १६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ भने ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

%d bloggers like this: