शनि, असार २७, २०७७
Sat, July 11, 2020

एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश

पूर्णपुष्टि, असार १५

एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश गरेको छ । क्वाटरफाइनलमा लेष्टर सिटीलाई १ –० गोलले पछि पार्दै चेल्सी फाईनलमा प्रवेश गरेको हो ।

लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले खेलको ६३ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया