शनि, असार २७, २०७७
Sat, July 11, 2020

वडाको बजेट भौतिक पूर्वधारदेखि सुत्केरी महिला पोषण कार्यक्रमसम्म

मिलन परियार
लिम्चुङ्बुङ, असार १५ 

लिम्चुङ्बुङ गाउँपालिका– ५ जाँतेले आगामी आर्थीक वर्ष २०७७/०७८ को लागी नीति, कार्यक्रम तथा बजेटेमा पहिलो प्राथमिकता भौतिक पूर्वधारलाई दिएको छ ।

पालिकाबाट प्राप्त भएको ४० लाख बजेट मध्ये भौतिक पूर्वधारमा २८ लाख, सुत्केरी महिलासंग वडाध्यक्ष पोषण  कार्यक्रममा २ लाख, लक्षित वर्ग २ लाख २५ हजार,  शिक्षा तर्फ ३ लाख, युबा तथा खेलकुद ६० हजार, पत्रपत्रिका ४० हजार, पर्यटन तथा सस्कृती  प्रवद्र्धनमा २ लाख ८५ हजार,  चर्च तथा मन्दिर ब्याबस्थापन ९० हजार, खानेपानी ५० हजार, बिपत न्यूनीकरणमा ४० हजार  बजेट बिनियोजन गरिएको लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष केशरकुमार खड्काले बताए ।

चालुआव २०७६/०७७ को पुजिगत बजेट ५० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख बजेट सडक निर्माण तथा मर्मत ५१ लाख ६५ हजार, समाबेसी तर्फ २ लाख ५ हजार, शिक्षा तर्फ २ लाख, स्वास्थ्य तर्फ १ लाख, सन्चार तर्फ ४० हजार, युबा तथा खेलकुद तर्फ ४० हजार र  वडा कार्यलय फर्निचर  ब्याबस्थापनमा २ लाख ५० हजार  विनियोजन गरीएको मध्ये ९५ प्रतिशत काम र रकम भुक्तानी  भैसकेको छ । बाँकी काम सन्चालन भैरहेको  छ भने असार २५ गतेसम्म काम सम्पन्न गरी भुक्तानी लिई सक्ने  वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: