शनि, असार २७, २०७७
Sat, July 11, 2020

कोरोनाले बन्द रहेको शेयर बजार आजदेखि खुल्ने

पूर्णपुष्टि, असार १५

कोरोना भाईरसको कारण बन्द रहेको धितोपत्र बजारको नियमित कारोबार आजदेखि सुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकले आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागेको हो ।

दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको बोर्डले जनाएको छ ।

लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोरोना सुरक्षाका उपाय पालना गरी कारोबार गर्नु पर्नेछ ।

धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ । अर्को व्यवस्था नहुँदासम्म ब्रोकर लगानीकर्ताका लागि भिडभाड हुने श्रव्यदृश्य कक्षसमेत सञ्चालन गर्न पाउने छैनन् ।

लगानीकर्ताले हालसम्म गरिएका व्यवस्था बमोजिम नै घरैबाट कारोबार गर्न सक्ने व्यवस्था गरिएको हुँदा ब्रोकरसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: