शनि, असार २७, २०७७
Sat, July 11, 2020

उदयपुर जिल्लाका निजि बिधालय पर्ख र हेर को स्थितिमा

बुद्धि चामलिङ राई
असार १५

लकडाउनको महामारी नभयको भय  अहिले उदयपुर जिल्लाका निजि तथा सामुदायिक बिधालय का बिद्यार्थी हरु नया शैक्षिक शत्र को पहिलो त्रैमासिक परिक्षा को तयारी मा हुनेथियो । ४ महिना अघि २०७६ चैत ११ गते देखि भयको लकडाउनले गर्दा अहिले देशैभरका शैक्षिक सस्था बन्द छ । कति बिधालय लकडाउन सुरु हुने समयमा शैक्षिक शत्रको अन्तिम बार्षिक परिक्षा सन्चालन गरिरहेका थियो । उक्त परिक्षाको नतिजा पनि बिद्यार्थीहरुले भने बमोजिम पाउन सकेन भने कतिले परिक्षा नै पुरै दिन पायनन् । बिधालय तह को अन्तिम बर्षको परिक्षा  माध्यमिक शिक्षा परिक्षा (एसइइ) पनि यस बर्ष बिश्वभर फैलियको महामारिको कारण बिद्यार्थी हरुलाइ  परिक्षा नलिइ नै आन्तरिक मुल्यांकनको आधारमा माथिल्लो तहमा पढ्न पाउने ब्यबस्था सरकारले गर्न लागेको छ ।

देश को कुल बिधार्थिको ३५ प्रतिशत बिधार्थी निजि तथा आबाशिय बिधालयमा पढ्ने गरेका छ्न । उदययपुरमा भने जिल्लाको कुल बिधार्थिको लगभग ४० प्रतिशत बिधार्थी निजि बिधालयमा पढ्ने गरेका छन । नर्शरीदेखि कक्षा १२ सम्म शिक्षण हुने बिधालयमा सन्चालकहरुले विभिन्न शीर्षकको नाम दियर माशिक शुल्क उठाउदै आयकोमा बिगत ४ महिना देखि शुल्क लिन नपाउदा सन्चालक हरुलाइ विभिन्न समस्या आइपरेका छ्न । निजि बिधालयहरुले शैक्षिक शत्रको अन्तिम परिक्षा र  नया शैक्षिक शत्र शुरु हुदा शुल्क बढी उठाउने समय भयको हुदा यो बर्ष यी दुबै समयमा अबिभाबक सङ्ग शुल्क उठाउन नपाउदा निजि बिधालयको  आर्थिक छेत्र सङ्कट मा परेर बिधालय नै बन्द हुने अबस्थामा पुगेको छ  । बिगत ४ महिना देखि शिक्षक, कर्मचारिले तलब पायका छैनन भने बिधालय सन्चालन को लागि आफ्नो निजि भबन नहुने कति बिधालयहरुले कोठा भाडामा लियर सन्चालन गरेका भाडा समेत तिर्न सकेका छैनन ।  शुल्कको नाममा यातायात, खेलकुद, स्वास्थ्य, नृत्य, अतिरिक्त क्रियाकलाप जस्ता माशिक शुल्कमा अतिरिक्त शुल्क उठाउदै आयका समेत निजि बिधालय छ्न । देशभर कुल करिब ६ हजार ५ सय निजि बिधालयहरुमा  करिब २ लाख शिक्षक कर्मचारी कार्यरत छ्न । देशभर ६ हजार ५ सय  निजि बिधालय  बाहेक अठाइस हजार सामुदायिक बिधालय हरु संचालित छन ।

निजि बिधालय सन्चालक हरुको राष्ट्रिय सस्था  निजि तथा आबाशिय बिधालय सङ्ठन नेपाल  र नेपाल निजि तथा आबाशिय सङगठन नेपालले बिगत ४ महिना अघि देखि बन्द रहेको बिधालयको बिधार्थिले नपढेको शुल्क अबिभाबक सङ्ग लिने घोषनाले उदयपुरका निजि बिधालयमा आफ्ना छोराछोरी पढाइरहेका अबिभाबक हरु तरङगित भइरहेका छ्न । निजि बिधालय सन्चालकहरुको सस्था  निजि तथा आबाशिय बिधालय सङ्गठन (प्याब्सन) र राष्टिय निजि तथा आबाशिय बिधालय सङ्गठन नेपाल गरेर उदयपुरमा दुई वटा सस्था रहेको छ । उदयपुर का अधिकाश निजि बिधालयहरु आबद्ध रहेको सस्था  निजि तथा आबाशिय बिधालय सङ्गगठन नेपाल (प्याब्सन) उदयपुर शाखाका अध्यक्ष प्रकाश कुमार बस्नेत सङ्गको कुराकानी बाट बुद्धि चामलिङ रार्इृले तयार गरेको रिपोट । पुर्णपुष्टी : उदयपुरमा कहिले प्याब्सन स्थापना भयो ?

बस्नेत : उदयपुर मा निजि बिधालयहरु  बि.स.२०४२ साल तिर नै सुरु भय पनि आधिकारिक रुपमा उदयपुर प्याब्सन शाखाको स्थापना चाहिँ  बि.स. २०६२ सालमा भयको हो ।

पुर्णपुष्टी : उदयपुर मा निजि बिधालय प्याब्सन अन्तर्गत कति वटा बिधालयहरु आबद्ध  छ्न ?

बस्नेत : ४० भन्दा बढी निजि बिधालय हरु प्याब्सन मा आबद्ध छन ।

पुर्णपुष्टी : उदयपुर मा हाल कति बिधार्थीहरु  प्याब्सन अन्तर्गत का बिधालयहरुमा अध्ययनरत छ्न ?

बस्नेत : नर्सरी देखि कक्षा १२ सम्म करिब बीस हजार बिधार्थी हरु अध्ययनरत छ्न ।

पुर्णपुष्टी : चैत ११ सम्म मा उदयपुर का  योउटा निजि बिधालयहरु को अबिभाबक सङ्ग कति देखि कति सम्म  शुल्क उठाउन बाकी छ ?

बस्नेत : अधिकांश अबिभाबकहरुले  मासिक शुल्क महिनाको अन्तिम दिन  बुझायका हुन्छ्न । तर पनि सबै बिधालयहरुको केही न केही बाकी बक्यौता त हुन्छ नि ।

पुर्णपुष्टी : अहिले उदयपुरको  प्याब्सन अन्तर्गतका बिधालयहरुको स्थिती के छ र के योजना बनाउदै हुनुहुन्छ ?

बस्नेत : निजि बिधालयहरु नाजुक अबस्थामा छन । सरकार ले बजेट मार्फत निजि बिधालय सन्चालकहरुलाइ समेत शैक्षिक राहत हुने गरेर बजेट बनाइनु पर्थ्यो तेसो हुन सकेन यो दुखद हो । देशको कुल करिब ४० प्रतिशत शिक्षा मा निजि बिधालयहरुको योगदान को राज्यबाट  कदर भयन ।

पुर्णपुष्टी : केन्द्रिय प्याब्सन कै योजना अनुसार अघि बढ्नु हुन्छ कि ?   

बस्नेत :  हामी अब केन्द्र को निर्देशन अनुसार नै अघि बढिन्छ ।

पुर्णपुष्टी : नर्सरी देखि कछा १२ सम्म कति देखि कति सम्म मासिक शुल्क लिदै आउनु भयको छ ?

बस्नेत :  यो शुल्क भन्ने कुरा ठाउँ अनुसार प्याब्सन ले निर्धारण गर्छ  । पछिल्लो समय प्याब्सनले निर्धारण  गरेको शुल्क स्थानिय निकायलाई सिफारिस गरेर स्थानीय सरकार को अनुमती पछि लिने प्राबधान छ । उदयपुर मा कक्षा नर्सरी देखि कक्षा १२ सम्म ५ सय देखि पच्चिस सय सम्म लिने गरेको छ ।

पुर्णपुष्टी : उदयपुर मा कति शिक्षक हरु निजि बिधालय प्याब्सन अन्तर्गतका बिधालयहरुमा शिक्षण गर्दै आइरहेका छ्न ?

बस्नेत :  करिब १ हजार दुई सय शिक्षक, कर्मचारीहरु कार्यरत छ्न ।

पुर्णपुष्टी : प्याब्सन को केन्द्रिय घोषणा अनुसार अबिभाबकले बन्द भयको समय को  शुल्क तिर्न नसकेमा या नतिरेमा निजि बिधालय को स्थिती र योजना के हुनेछ ?

बस्नेत :  समन्धित सरोकार पक्छ का मानिसहरु सङ्ग बसेर छलफल गरेर समस्या को समाधान गर्नु पर्छ । यसमा सन्चालक, शिक्षक, कर्मचारी र अबिभाबक बसेर छलफल गरेर समस्याको हल गरिनु पर्छ ।

पुर्णपुष्टी : निजि बिधालयमा सन्चालक हरुले कति देखि कति सम्म लगानी गरेका छन ?     

बस्नेत : लाखोउ, करोडोउ देखि अर्बोउ लगानी छ । कति बिधालय हरु भाडामा समेत जमिन, भबन लियर सन्चालन गरिरहेकाछ्न ।

पुर्णपुष्टी : किन अबिभाबक ले बन्द भयको समय को नि शुल्क तिर्न प्याब्सन अबिभाबक सङ्ग  अनुरोध गर्दैछ  ?

बस्नेत : हामिले अबिभाबकहरुकै छोराछोरीहरुलाई गुणस्तर शिक्षा दिन को लागि यति धेरै लगानी र मेहनत गरेर काम गरिरहेका छोउ  । होला ठुला शहर का महङ्गो शुल्क लियर सन्चालन भयका बिधालयहरु नाफा मा होलान उनिहरु बन्द भयको समय को शिक्षक लाई तलब दिन सक्लान । तर उदयपुर को हक मा हामी त्यो स्थितिमा छैनोउ । कि त बन्द भयको समय को शिक्षकले तलब नलिनु पर्यो । नत्र यस्तो नाजुक अबस्थामा बिधालय सन्चालकहरुको समस्या अबिभाबकहरुले बुझिदिन आबश्यक छ ।

पुर्णपुष्टी : यो बन्द भयको अबस्थामा निजि बिधालयहरुका शिक्षक तथा कर्मचारिहरुसङ्ग तलब को बिषय मा कस्तो सम्झौता  गर्नु भयको छ ?

बस्नेत : सम्झौता भन्दा पनि यहाँ समस्याको समाधान निकालिनु पर्छ । ४–४ महिना महामारिको कारण शैक्षिक सस्थामा पठन पाठन बन्द हुदा  हामी बिधालय सन्चालकहरुले अबिभाबकहरु सङ्ग शुल्क लिन पाइयन । शिक्षक लाई  हामिले कहाँ बाट ल्यायर तलब दिनु ?  यति लामो समय ४(४ महिना हाम्रो छोराछोरिको भबिष्य उज्वल बनाउन खटिने शिक्षकहरुले कसरी दैनिक चलाउदैहोला त्यो बुझ्न नि जरुरी छ ।

पुर्णपुष्टी : सरकार ले आगामी १० बर्ष भित्र निजि शिक्षा लाई नाफामुखी बाट सेवामुखी बनाउन उद्घोष गरेको छ । यस्तो अबस्थामा निजि बिधालयहरलाई सामुदायिक बिधालयमा रुपान्तरण गर्न सकिन्छ कि सकिन्न ? सकिन्छ भने सन्चालक हरुलाई राज्यले के ब्यबस्था गर्नु पर्ला ?

बस्नेत : हामी सन्चालकहरु देश मा योउटै शिक्षा प्रणाली हुनु पर्छ । सामुदायिक बिधालय को गुणस्तर बाट खुशी हुने र सन्तुष्ट हुने स्थिती नभयर नै हामिले निजी बिधालय सन्चालन गरेका होउ  । अहिलेको सामुदायिक बिधालयहरुको गुणस्तर हेरेर नै हामिले चित्त नबुझेर निजि बिधालय खोलेर आफ्नो छोराछोरी पढायका होउ । राज्यले हाम्रो लगानी दिन्छ भने हामी योउटै बिधालय बनाउन तयार छोउ  । तर यो असम्भब छ । निजि बिधालय सन्चालकहरु सङ्ग छलफल गरि हाम्रो लगानिको उचित मुल्याङ्कन गरि रकम दिनु पर्यो । राज्यले शिक्षा, स्वास्थ्य को जिम्मा लिनु पर्यो ।

पुर्णपुष्टि :  समस्याको समाधान कसरी हल होला त ?  

बस्नेत : समन्धित निकाय सन्चालक,  शिक्षक, कर्मचारी अबिभाबक बसेर छलफल गरेर समस्याको समाधान गर्ने उपाय निकाल्नु पर्छ । यो महामारी सामान्य अबस्थामा आय पछि पुन बिधालय सन्चालन गर्नुपर्छ  ।

सुमन चौधरी–अध्यक्ष राष्ट्रिय निजि तथा आबाशिय बिधालय सङ्गठन नेपाल शाखा उदयपुर ।

राष्ट्रिय निजि तथा आबाशिय बिधालय सङ्गठन नेपाल (नेशनल प्याब्सन) शाखा उदयपुर अन्तर्गत  जिल्लाभर  २६ बिधालयहरु आबद्ध  छन । यी जिल्लाभर रहेका २६ बिधालयहरुमा करिब ८ हजार बिधार्थिहरु अध्ययनरत छन । यसमा करिब ६ सय शिक्षक, कर्मचारी कार्यरत छ्न । हामीहरु नेशनल प्याब्सन को केन्द्रिय सर्कुलर अनुसार अघि बढ्छोउ । त्यस बाहेक आन्तरिक रुप मा आफ्नो बिधालयमा हाम्रो समस्या छ  । बिगत ४ महिना देखि स्कुल बस चल्न नपाउदा स्कुल बस को पुरै नचल्ने अबस्था मा छ । बिधालय भबन हरु पनि छती पुगेको छ । बन्द भयको अबस्था को शुल्क लिने र दिने कुरा बाहेक हाम्रो बिधालय मा जो कर्मचारी शिक्षक हरु बिगत स्थापना काल देखि काम गर्दै आयका छन उनिहरुको  आर्थिक स्थिती हेरेर कमजोर आर्थिक स्थिती भयको र बिधालय मा नै आश्रित भयका कर्मचारी लाई हामिले सहयोग गर्नु पर्छ र मैले सहयोग पनि गरिरहेको छु । जो बिधालयका कर्मचारी, बसचालक, सहयोगी जस्ता कर्मचारी लाई कम्ती मा खाने ब्यबस्था निजि बिधालयहरुले दिनु पर्दछ । यसले उनिहरुलाइ ठूलो राहत पुग्दछ ।

प्रतिक्रिया