शनि, असार २७, २०७७
Sat, July 11, 2020

कोरोना महामारी अझै खराब हुन सक्ने : डब्ल्यूएचओ

पूर्णपुष्टि, असार १६

कोरोना भाईरस महामारी अझै खराब अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ ।

विश्व विभिन्न देशका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा  भाइरसबाट अझै धेरै मानिस सङ्क्रमित हुन सक्ने डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले बताउनुभएको हो । अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको उनले बताउनुभएको छ ।

महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।  केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरे पनि विश्वब्यापी महामारीले भने गति बढाइरहेको बेला विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न आग्रहसमेत गर्नुभएको छ ।

६ महिनाको अवधिमा  विश्वभर सङ्क्रमितको संख्या १ करोड २ लाख ६८ हजारभन्दा धेरै पुगेको छ भने  ५ लाख ४ हजारभन्दा धेरै छ ।

प्रतिक्रिया

%d bloggers like this: