आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

नरेटारमा शान्तिमेला सम्पन्न (फोटो फिचरसहित)

पूर्णपुष्टि/भलायडाँडा, पुस १६ गते ।

उदयपुर गढी गाउँपालिका वडा न. ८ नरेटारमा शान्ति युवा समूहको आयोजना तथा एसियन एकेडेमी फर पिस एण्ड रिसर्च र चेलीबेटी क्लव उदयपुरको सहयोग/साझेदारीमा शनिबार शान्ति मेला तथा नृत्यकला प्रदर्शनी तथा बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

समाज र देशको विकास तथा परिवर्तनका निम्ति युवा परिचालन गर्नु पर्नेमा जोड दिदै एकदिवसीय कार्यक्रमको आयोजना गरिएको हो । युवाहरुलाई देशको खम्बा भन्ने गरिएपनि खम्बाको रुपमा युवाहरु परिचालन नहुदा देशले लामो समयसम्म शान्ति र विकासको गति पाउन नसकेको भन्दै कार्यक्रमका वक्ताहरुले अवका दिनमा युवालाई अगाडी बढाउनु पर्ने र युवाहरुको भुमिकानै महत्वपूर्ण हुने बताए ।

कयौँ युवाहरु लागुऔषध, मादक पदार्थ सेवन जस्ता कुलतमा फसेको र त्यसले समाज र देशलाई ठूलो असर पुर्याउनेप्रति चिन्ता व्यक्त गर्दै वक्ताहरुले विकृति विसंगतीको विरुद्धमा युवाहरु नै एकजुट भएर लाग्नुपर्ने बताए । भलायडाँडा वडा नं ७ र ८ का युवाहरु सम्मिलित युवा समुहको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका भरीकै युवाहरुले वक्तृत्वकला र सांस्कृतिक प्रदर्शनीमा भाग लिदै आ आप्mनो प्रस्तुती राखेका थिए ।

कार्यक्रममा नेपाली समाजबाट लोपहुदै गएको लोक संस्कृति बालन नाच पनि प्रस्तुत गरिएको थियो । गाउँका बुढापाकाहरुले प्रस्तुत गरेको बालन नाच सबैका लागि विशेष आकर्षण बनेको थियो ।

युवाहरुको क्षमता र कलालाई प्रोत्साहन गर्ने उद्देश्यले राखिएको कार्यक्रममा प्रतिभा प्रस्तुत गर्ने युवाहरुलाई पुरस्कृत गरिएको थियो । चेलीबेटी क्लवका उपाध्यक्षको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: