आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

उदयपुरकाे पत्र-पत्रिका दर्ता इतिहास् यस्ताे : गाउँ-गाउँबाट पनि पत्रिका

लेख

२०५९ साल भदाै  १० गते पेशल आचार्य प्रकाशक र काैशल चेम्जोङ सम्पादक रहेको  ‘हाम्रो राष्ट्रिय  दैनिक’ पत्रिका जिल्लाको पहिलो दैनिक पत्रिका हो

  • बुद्धि चामलिङ राई

पछिल्लो   दुई बर्षमा उदयपुरको गाउँ-गाउँबाट पत्रिका प्रकाशन गर्ने लहर बढेको छ । २०७६ चैत ११ गते मङ्गलबार देखि  लकडाउन सुरु भएयता जिल्लाका सबै पत्रिकाको प्रकाशन बन्द भएको  छ । जिल्ला प्रशासन कार्यालय उदयपुर मा  २०४९ सालदेखि २०७६ साउन अन्तिमसम्म  दर्ता भएका ६९ पत्रिकाहरुमा ४५ साप्ताहिक पत्रिका छन् ।  ‘द न्युज पार्क’ साप्ताहिक अङ्ग्रेजी साप्ताहिक पत्रिका हो । जिल्लामा १२ वटा दैनिक, ६ वटा साहित्यिक, ४ वटा मासिक र २ वटा पाक्षिक  पत्रिका रहेका छन् । ६ साहित्यक पत्रिकाहरुमा  ४ वटा त्रैमासिक, एक मासिक र एक दैमासिक हुन् ।
जिल्लाका १२ वटा दैनिक पत्रिकाहरुमा  २०५९ साल भदाै  १० गते पेशल आचार्य प्रकाशक र काैशल चेम्जोङ सम्पादक रहेको  ‘हाम्रो राष्ट्रिय  दैनिक’ पत्रिका जिल्लाको पहिलो दैनिक पत्रिका हो ।  दर्ता नम्बर ११ रहेको स्वर्गीय कमल कार्की प्रकाशक र केदारकुमार थापा सम्पादक रहेको ‘उदयपुर दैनिक’ २०६३ बैशाख ६ गते दर्ता भएको दर्ता नम्बर १५ रहेको महेश्वर चामलिङ प्रकाशक र पुष्पकुमार राई सम्पादक रहेको मुलुकी दैनिक, २०६५ असार १ गते दर्ता भइ दर्ता नम्बर २५ रहेको प्रकाशक सुबास चन्द्र राई र सम्पादक हरिकुमार राई सम्पादक रहेको किराँत टाइम्स दैनिक,  बलदेब चाैधरी प्रकाशक र प्रदिप कुमार चाैधरी सम्पादक रहेको दर्ता नम्बर ३३ को बरुवा टाइम्स  दैनिक, २०६७ साल मङसिर ९ गते  ३५ नम्बर मा दर्ता भएको सुनिल साह प्रकाशक र अजय साह सम्पादक रहेको गाइघाट टुडे दैनिक, २०६८ साल जेठ २३ गते  दर्ता भइ दर्ता नम्बर ३६ रहेको प्रकाशक बुद्धि चामलिङ राई प्रकाशक र उदय राई सम्पादक रहेको हिमपात सन्देश  दैनिक हुन्  । अन्य  ५  दैनिकहरुमा  २०६९ साल चैत १९ गते दर्ता भइ दर्ता नम्बर ४५ रहेको बिश्वराज तामाङ प्रकाशक र किरण ढुङ्गाना सम्पादक रहेको त्रियुगा एक्सप्रेस दैनिक, अमर मिडिया प्रालिले  २०७३ असोज १४ गते दर्ता गरि दर्ता नम्बर ५४ रहेको सम्पादक राधारमण खतिवडाको जनभाब दैनिक, गजेन्द्र भगत प्रकाशक र जगत प्रसाद बन्जारा सम्पादक रहेको

दर्ता नम्बर ६५ रहेको उदयपुर सिमृक दैनिक, यी ९ वटा दैनिक पत्रिका  सबै उदयपुर जिल्ला सदरमुकाम गाइघाट प्रकाशन हुने दैनिक पत्रिका हुन्  । सदरमुकाम बाहिरबाट प्रकाशन हुने दुई पत्रिकाहरुमा चाैदन्दी मिडिया ग्रुपले चाैदन्डीगढी नगरपालिका बेल्टारबाट प्रकाशन गर्ने भोटराज राई सम्पादक रहेको गढी खबर दैनिक   २०७५ चैत २६ गते ६६ नम्बरमा दर्ता छ । जिल्ला सदरमुकाम बाहिरबाट प्रकाशन हुने अर्को दैनिकमा बेलका नगरपालिका  रामपुरबाट भरत घिमिरे प्रकाशक र बिजयकुमार राउत सम्पादक रहेको दर्ता नम्बर ६८ रहेको एकता खबर दैनिक हाे ।  जम्मा ६ वटा  साहित्यिक पत्रिकाहरुमा २०६६ असार २९ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको ३१ दर्ता नम्बर रहेको  जङ्गघार दैमासिक, दर्ता नम्बर ४७ रहेको उज्यालो साहित्य मासिक ,  दर्ता नम्बर ५९ रहेको गाउले साहित्य फुलबारी, दर्ता नम्बर ६० रहेको जनसायर,  दर्ता नम्बर ६५ रहेको लोकमन्जरी र दर्ता नम्बर ६७ रहेको बेलका बालबगैचा त्रैमासिक हुन् ।

‘द न्युज पार्क’ साप्ताहिक अङ्ग्रेजी साप्ताहिक पत्रिका हो ।
जिल्लाको सबै भन्दा पुरानो निरन्तर प्रकाशन हुने साप्ताहिक पत्रिका माझखर्क  साप्ताहिक,  २०६१ साल जेठ १३ गते देखि निरन्तर प्रकाशन हुँदै आएको छ । भने अर्काे पुरानाे र निरन्तर पत्रिका पूर्णपुष्टि साप्ताहिक हाे । २०६२ सालदेखि निरन्तर छ ।

समाचारमुलक दुई वटा पाक्षिक पत्रिकाहरुमा उदयपुर दर्पण पाक्षिक   र पाक्षिक त्रियुगा पत्रिका पाक्षिक हुन्  । ४ वटा मासिक पत्रिकाहरुमा मलाकी मासिक, कृषि आवाज मासिक, स्विकार पोष्ट, रातो सुखानी पत्रिका मासिक हुन्  । जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको जम्मा ६९ पत्रिका हरुमा ४५ साप्ताहिक पत्रिकाहरु समाचारमुलक साप्ताहिक पत्रिका हुन्  । जिल्लाको सबै भन्दा पुरानो साप्ताहिक पत्रिका २०४९ साल भदाै १९ गते बद्रीप्रसाद काफ्ले प्रकाशक र रितुबर्ण पराजुली सम्पादक रहेर २०४९ साल भदाैं ३१ गते जिल्लामा नै पहिलो त्रियुगा अर्ध साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए । जिल्ला सदरमुकाम गाइघाटबाहिर जिल्लाको पुर्बी बजार बेल्टारबाट २०६२ साल पुस  २१ गते  मुगासेर राईले दुरदर्शी साप्ताहिक पत्रिका प्रकाशन गर्न सुरु गरे । त्यसपछि यो क्रम जिल्ला सदरमुकाम गाइघाटदेखि जिल्लाको पश्चिमी मुख्य बजार कटारि बाट २०६४ मङ्सिर ८ गते कुमारसिङ राइले त्रिबेणि सुशेली साप्ताहिक पत्रिका प्रकाशन सुरु गरे । २०६५ साउन १४ गतेदेखि हेमन्तबहादुर थापा प्रकाशक र सागर थापा सम्पादक रहेर बेग साप्ताहिक प्रकाशन गरे  ।

२०६८ साल भदाैं ६ गतेदेखि केदार कोइरालाले त्रिबेणि पोष्ट साप्ताहिक प्रकाशन सुरु गरे ।  जिल्लाकै ताप्ली गाउपालिकाबाट भिम बिकले ताप्ली पोखरी साप्ताहिक २०६९ जेठ २९ गते पत्रिका दर्ता गराए । २०६९ साल असार २६ देखि हिरालाल अधिकारी प्रकाशक र रामशेर राई सम्पादक रहेको कटारी साप्ताहिक प्रकाशन सुरु भयो । पश्चिमि बजारमा निक्कै पत्रिका प्रकाशन भएपछि यो क्रम पुन जिल्लाको सदरमुकाम गाइघाट देखि पुर्बीनगर बेल्टार तिर लाग्यो । २०७२ साल फागुन २६ गते जीवन राई प्रकाशक र भैरब श्रेष्ठ सम्पादक रहेर चाैंदण्डिगढी साप्ताहिक सुरु गरे । २०७३ साल असोज २५ गते जिबनाथ दाहाल प्रकाशक भएर कटारीबाट उदय श्री साप्ताहिक सुरु गरे । २०७४ असार २० गतेदेखि जिल्लाको पुर्बि भेग बसाहाबाट सबिता राई प्रकाशक र महेन्द्रबहादुर राई सम्पादक रहेर दुर्गम एक्सप्रेस साप्ताहिक पत्रिका प्रकाशन सुरु गरे  । हाल यो दुर्गम एक्सप्रेस साप्ताहिक प्रेस काउन्सिल नेपालबाट  (ग) बर्गमा बर्गिकृत गरेको छ । २०७४ माघ ८ गते कटारीबाट दुखी पासवान प्रकाशक र बलराम घिमिरे सम्पादक रहेर समाबेसी साप्ताहिक दर्ता गरे । २०७५ जेठ २६ गतेबाट जिल्लाको पुर्बी नगरि बेलका नगरपालिका रामपुरबाट भरत घिमिरे प्रकाशक र सुमन कटुवाल सम्पादक रहेर समृद्ध बेलका साप्ताहिक प्रकाशन सुरु गरे । बेलका नगरपालिका रामपुर देखि नै जयराम पुर्बछाने मगर प्रकाशक र अम्बिका निराैंला सम्पादक रहेर बेलका खबर साप्ताहिक पत्रिका प्रकाशन सुरु गरे  ।

उदयपुर जिल्लामा ४ नगरपालिका र ४ गाउपालिका गरि ८ स्थानिय तह रहेकोमा २०७५ असोज १८ गतेदेखि होमबहादुर बस्नेत प्रकाशक र जगमाया खत्री सम्पादक रहेर जिल्ला सदरमुकाम गाइघाटदेखि पश्चिम – उत्तरी गाउँपालिका उदयपुरगढि गाउपालिकाबाट उदयपुरगढी साप्ताहिक प्रकाशन सुरु गरे ।

सदरमुकाम गाइघाटबाट मात्र प्रकाशन हुँदै आयको १० दैनिक पत्रिकाहरुमा थपिन पहिलो पटक जिल्ला सदरमुका गाइघाट बाहिर पुर्बी नगर  चाैदन्डिगढसी नगरपालिका बेल्टारबाट २०७५ चैत २६ गतेबाट दर्ता भइ चाैदन्डिगढी मिडिया ग्रुपको प्रकाशनमा भोटराज सम्पादक रहेर गढी खबर दैनिक पत्रिका प्रकाशन सुरु भइ जिल्लामा ११ ओउ दैनिक पत्रिका बन्न पुगे । सदरमुकाम गाइघाट बाहिरबाट निस्कने दैनिक पत्रिका यतिकैमा रोकिएन २०७६ देखि बेलका नगरपालिका रामपुरबाट भरत घिमिरे प्रकाशक र बिजयकुमार राउत सम्पादक रहेर सदरमुकाम गाइघाट बाहिरबाट प्रकाशन हुने दोस्रो र जिल्लाको १२ ओउ दैनिक पत्रिका भएर एकता खबर दैनिक प्रकाशन सुरु भएको छ ।

पछिल्लो समय चुपचाप रहेको जिल्लाको पश्चिमी नगर कटारी र पश्चिम- उत्तरी गाउपालिका ताप्लीबाट कुनै पत्रिका प्रकाशन नभए पनि जिल्लाको उत्तरी गाउँपालिका लिमचुङबुङ गाउपालिकाबाट २०७५ असार ५ गते दर्ता भएको लिमचुङ मिडिया ग्रुप को प्रकाशन र अरुणकुमार राई सम्पादक रहेको लिमचुङबुङ साप्ताहिक पत्रिका २०८६ असार ८ गते देखि प्रकाशन सुरु भएको छ  । जिल्लाको राैतामाइ गाउपालिका र ताप्ली गाउपालिकाबाट अहिलेसम्म कुनै पत्रिका प्रकाशन हुन सकेको छैन भने कटारी नगरपालिकाबाट पनि पछिल्लो समय कुनै पत्रिका प्रकाशन भएको छैन । जिल्लाको सबै भन्दा पुरानो निरन्तर प्रकाशन हुने साप्ताहिक पत्रिका महेश्वर चामलिङ राइको माझखर्क  साप्ताहिक,  २०६१ साल जेठ १३ गते देखि निरन्तर प्रकाशन हुँदै आएको छ । भने अर्काे पुरानाे र निरन्तर पत्रिका पूर्णपुष्टि साप्ताहिक हाे । २०६२ सालदेखि निरन्तर छ । त्यस बाहेक पुर्बक्षितिज साप्ताहिक, त्रियुगा टाइम्स साप्ताहिक, पुर्ब नेपाल साप्ताहिक र नागरिक आव्हान साप्ताहिक हो ।

पत्रिकाको नाम                    –   प्रकाशक/सम्पादक

(१) त्रियुगा अर्धसाप्ताहिक       –    बद्रीप्रसाद काफ्ले /रितुबर्ण पराजुली  २०४९-५-१९
(२) उदयपुर आवाज साप्ताहिक – हिमाल कार्की / हिमाल कार्की २०५०-२ -११
(३) उदय साप्ताहिक  – पुन्य कार्की / पुन्य कार्की २०५१-११-८
(४) नब उदय साप्ताहिक – मोहन कार्की/ केदार थापा
(५) ऐजेरु साप्ताहिक – बद्री काफ्ले/कोउसल चेम्जोङ २०५४-११-२६
(६) रोउता टाइम्स  साप्ताहिक – पेशल आचार्य/ महाप्रसाद खतिवडा
(७) टङ्केला साप्ताहिक – कोउशल चेम्जोङ/ कोउशल चेम्जोङ
(८) पुर्णपुष्टि साप्ताहिक – शान्ता राई /शान्ता राई   २०६२-६-२०
(९) पुष्टि साप्ताहिक- लिला प्रसादनिरोउला/ लिला प्रसाद निरोउला
(१०) हाम्रो राष्ट्रिय दैनिक – पेशल आचार्य/ कोउसल चेम्जोङ २०५९-५-१०
(११) उदयपुर दर्पण दैनिक स्वर्गीय कमल कार्की /केदार कुमार थापा
(१२) माझखर्क साप्ताहिक – महेश्वर चामलिङ /पुष्प कुमार राई २०६१-२-५
(१३) दुरदर्शी साप्ताहिक – मुगाशेर राई /मुगाशेर राई २०६२-९-२१
(१४) उदयपुर दर्शन साप्ताहिक – गोपाल पोखरेल/ गोपाल पोखरेल २०६२-१२-६
(१५) मुलुकी दैनिक  – महेश्वर चामलिङ राई /पुष्प कुमार राई २०६३-१-६
(१६) नागरिक आबहान साप्ताहिक –  हरिकुमार राई / हरिकुमार राई २०६३-२-२३
(१७) जनसमन्ध साप्ताहिक  – बैकुण्ठ दाहाल / कृष्ण प्रसाद घिमिरे २०६३-६-१३
(१८) बेग साप्ताहिक – हेमन्त बहादुर थापा/ सागर थापा  २०६५-४-१४
(१९) नया पुर्ब शितिज साप्ताहिक-  साबित्रा पाण्डे / सुमित्रा कोइराला २०७३-१२-२६
(२०) गृहगुप्तचर साप्ताहिक –  रोहितकुमार सिङ/ कृष्णकुमार दुलाल २०६४-३-२९
(२१) सगरमाथा साप्ताहिक –  इश्वर तामाङ /अशोक तामाङ २०६४-४-२३
(२२) त्रिबेणि शुसेली साप्ताहिक – कुमार सिङ राई/ कुमार सिङ राइ २०६४-८-२६
(२३) उदयपुर पोष्ट साप्ताहिक – नेत्र कुमार सुनुवार / हरिकुमार राई २०६४-१-१९
(२४) नया सहयात्री साप्ताहिक – सङ्गम प्रकाशन प्राली /  लिला प्रसाद निरोउला
(२५) किरात टाइम्स दैनिक – सुबास चन्द्र राई / हरि कुमार राई  २०६५-३-१
(२६) पुर्ब नेपाल साप्ताहिक – अजय कुमार साह / अजयकुमार साह २०६५-३-९
(२७) पुर्बतारा साप्ताहिक – पर्शुराम पोखरेल /भिम बिक २०६५-३-१८
(२८) हाम्रो खबर साप्ताहिक – कुशलबाबू बस्नेत/ कुमार सिङ कार्की २०६५-४-१४
(२९) खबरदारी साप्ताहिक – उजुर राई/अधिराज राई २०६५-६-१५
(३०) दलित दर्पण साप्ताहिक – दलित दर्पण  प्रकाशन प्राली / भिम बिक २०६५-८-२९
(३१) जङघार दैमासिक – गजेन्द्र राई / स्वर्गिय दिपक कुमार राइ २०६६-३-२९
(३२) त्रियुगा टाइम्स साप्ताहिक – बिश्वराज तामाङ / किरण ढुङ्गाना २०६६-११-२१
(३३) बरुवा टाइम्स दैनिक – बलदेब चोउधरी /प्रदिपकुमार चोउधरी       २० ६६
(३४) हाम्रो बेलका साप्ताहिक – रबिन कुमार श्रेष्ठ/ मणिराज राई २०६६-६-८ २०६७-११-४ देखि गङ्गा राई प्रकाशक
(३५) गाइघाट टुडे दैनिक –  सुनिल साह / अजयकुमार साह २०६७-८-९
(३६) हिमपात सन्देश दैनिक – बुद्धि चामलिङ राई / उदय राई २०६८-२-२३
(३७) त्रिबेणि पोष्ट साप्ताहिक – केदार कोइराला / केदार कोइराला २०६८-५-६
(३८) उदयपुर दर्पण पाछिक – राधारमण खतिवडा/राधारमण खतिवडा २०६८-५-६
(३९) सङघिय राज्य साप्ताहिक- यमन दनुवार / शम्भुकुमार दनुवार २०६८-३-४
(४०) मलाकी माशिक  –  सङ्गिता कुमारी चोउधरी / रामकुमार राई २०६८-१२-२०
(४१) ताप्ली पोखरि साप्ताहिक – भिम बहादुर बिक / भिम बहादुर बिक २०६९-२-२९
(४२) कटारी साप्ताहिक – हिरालाल अधिकारी / रामशेर राई २०६९-३-२६
(४३) उदय टाइम्स साप्ताहिक – स्वर्गीय रामप्रसाद भट्टराई / उर्मिला काफ्ले  २०६९-४-५
(४४) द न्युज पार्क विक्ली साप्ताहिक – बिरेश दाहाल / खेम नारायण दाहाल २०६९-४-२६
(४५) त्रियुगा एक्सप्रेस दैनिक – बिश्वराज तामाङ / किरण ढुङ्गाना २०६९-१२-१९
(४६) क्रान्ति सन्देश साप्ताहिक – मधुकर थापा /टेकराज रिखाम २०७०-२-१६
(४७) उज्यालो साहित्य मासिक शर्मिला कटुवाल शेषराज निरोउला २०७०-६-४
(४८) त्रियुगा पाछिक – नेत्रकुमार सुनुवार  / कैलाश राई २०७०-११-३०
(४९) साझा दर्पण साप्ताहिक – देबराज राई / अर्जुन राउत २०७१-८-२
(५०) कृषि आवाज मासिक – अर्गानिक एगृकल्चर पब्लिकेशन / बिकाश भट्टराई २०६२-२-२५
(५१)  चोउदन्दीगढी साप्ताहिक  –  जीवन राई / भैरब श्रेष्ठ २०६२-११-२०
(५२) युके साप्ताहिक – पर्शुराम पोखरेल/ नारायण प्रसाद अधिकारी २०७३-४-२९
(५३) उदय श्री  साप्ताहिक  –  जिबनाथ दाहाल/ बिकास २०७३-६-२५
(५४) जनभाब दैनिक – अमर मिडिया प्राली / राधारमण खतिवडा २०७३-६-१४
(५५)  स्विकार पोष्ट मासिक – चन्द्र कुमार राई / चन्द्र कुमार राई २०७३-१०-३
(५६) दुर्गम एक्सप्रेस साप्ताहिक – सबिता राई / महेन्द्र बहादुर राई २०७४-३-२०
(५७) खुलासा पोष्ट साप्ताहिक  –  राकेश नेपाली / रन्जना पोखरेल २०७४-३-२०
(५८) समाबेसी कटारी साप्ताहिक – दुखी पासवान/ बलराम घिमिरे २०७४-१०-८
(५९) गाउले साहित्य फुलबारी – गोबर्धन तामाङ  / केदार कुमार कार्की २०७४-११-२
(६०) जनशायरा त्रैमासिक – अर्जुन राउत /अर्जुन राउत
(६०) सम्बृद बेलका साप्ताहिक – भरत घिमिरे / सुमन कटुवाल २०७५-२-२६
(६१) बेलका खबर साप्ताहिक  – जयराम पुर्बछाने मगर /अम्बिका निरोउला  २०७५-२-२६
(६२) उदयपुरगढी साप्ताहिक – होमबहादुर बस्नेत / जोगमाया खत्री २०७५-६-१८
(६३) रातो सुखानी मासिक – लकक्षमण पोउडेल / दिपक राई २०७५ -९-६
(६४) लोकमन्जरी त्रैमासिक – राममणी पोखरेल / यशोदा कुमारि पोखरेल २०७५-९-१९
(६५) उदयपुर श्रीमिक दैनिक – गजेन्द्र कुमार भगत / जगत प्रसाद बन्जारा  २०७६
(६६) गढी खबर दैनिक – चोउदन्दीगढी मिडिया प्राली / भोटराज राई २०७५-१२-२६
(६७) बेलका बाल बगैँचा त्रैमासिक  –  ललित राई /खेमराज निरोउला २०७६-१-१५
(६८) एकता खबर दैनिक – भरत घिमिरे / बिजय कुमार राउत
(६९) लिमचुङबुङ साप्ताहिक – लिमचुङबुङ मिडिया प्राली / अरुण कुमार राई २०७५-३-५ ।

 

(असार २०, २०७७)

प्रतिक्रिया