आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

पानीजहाजको सपनाले ओझेल पार्दैछ ‘कोसी कोरिडोर’

 कोसी उच्चबाँध नेपाल र नेपाली जनताको हितमा छैन । फाइदा भन्दा बेफाइदा बढी छन् ।

  • सुरज राई
    ताप्ली-४ थुम्की (हाल – प्रवास)

कोशी बाढीबाट बिहारको कुल भूभागको ७३% जमिन जोखीममा छ, त्यसैले अंग्रेजकै पालादेखी नै कोशी वाढीको समस्या र यसको समाधानको निम्ति थुप्रै अध्ययन भएको पाइन्छ । त्यसकाे निरन्तर प्रयास अहिले पनि जारी छ ।

१. सन् १७७९ मा मेजर जे. रेनलले, सन. १८६३ मा जेम्स फर्गुसनले र त्यस पछी एफए. सिलिङफील्डले अध्ययन गरे ।
२. सन् १८७० तिर आएको बाढीले बिहारमा ठूलो जनधनको क्षति भएपछि  अंग्रेजहरु कोशीमा तटबन्ध वनाई बाढी नियन्त्रण गर्ने निर्णयमा पुगेका थीए ।
३. सुनसरी र सप्तरीको आसपासमा तटबन्ध निर्माण गर्न ब्रिटिस ईण्डीयाले नेपालसंग सहमती जुटाए पनि सन १८९१ मा आएको वाढीको कारण त्यो योजना पनि लागू भएन ।
४. तटबन्ध निर्माण कार्य रोकिए पनि ब्रीटिस भारतले कोशी बाढी नियन्त्रणबारे निरन्तर बहस चलाई रहे । सन १८९७ मा कोशी बाढी नियन्त्रण बारे बृहत भेला गरे त्यस भेलामा सचीब जेजी ग्लसले सुनसरीको चतरामा बाधको प्रस्ताव गर्दै बाढी नियन्त्रणमा बाधको महत्त्व बारे स्पष्ट पारे । त्यस पछी नेपाल समक्ष ब्रिटीस भारतले बाधको प्रस्ताव गरे ।
५. सन् १८९७ फेब्रुअरी २७ मा प्रधानमन्त्री वीर शमशेरले बराहक्षेत्रलाई कुनै बाधा नपुग्ने गरि बाध निर्माणको अनुमति दिए । तर आयोजना अघी बढेन ।
६. सन् १९४२ मा बिहार सरकारले रायबहादुर पिसी घोषको नेतृत्वमा कोशी बाध सम्बन्धि छुट्टै अध्ययन गरायो ।
७. सन् १९४४ मा ब्रीटिस ईण्डीयाले अमेरीकन कम्पनीलाई कोशी बाधवारे अध्यन गर्न लगायो र उक्त कम्पनिले चुरे क्षेत्रमा उच्च बाध निर्माण गर्न सुझाव दियो ब्रीटिस ईण्डीयाले रायबहादुर अयोध्यानाथ खोसलालाई कोशी उच्चबाध प्रतिवेदन बनाउन जिम्मा दियो ।
८. सन् १९४६ मा खोसलाको टोलीले बराहक्षेत्र देखि १७०० मिटर माथी उच्च बाध निर्माणको प्रस्ताव गर्यो । खोसलाकै नेतृत्वको अर्को टोलीले कुरुले, सुनकोसी र दुधकोसीमा पनि बैकल्पिक बाध निर्माण गर्न सुझाव दिएका थीए ।
९. सन् १९४७ मा बिहारका कोसी बाढीबाट पिडितहरुको भेलालाई सम्बोधन गर्दै भारतिय उर्जा मन्त्रीले बराहक्षेत्रमा २२९ मिटर अग्लो बाध निर्माण गरेर बिहारमा कोसीवाढीको आतंकलाई नियन्त्रण गर्ने वचन दिए ।
१०. बिहारमा कोसी बाढीको आतंक बर्षेनी दोहोरीदै जाने । कोसी बाढी नियन्त्रणको लागि पटक पटक समिती बन्दैजाने, बिज्ञहरुको समूह र योजना फेरीदैजाने तर कोसीबाढी नियन्त्रणको लागि उच्च बाध निर्माण नभए पछी भारतिय सरकार प्रति बिहारी जनताको आक्रोस बढ्दै गयो ।
११. सन् १९५३ गुल्जारीलाल नन्दाले भारतिय संसदमा कोसी ब्यारेजको योजनाको प्रारुप सार्बजनिक गरे र सो आयाेजना निर्माणको लागि नेपाल भारत बिच सन् १९५४ अप्रील २५ मा सम्झौतामा भयो । भारतले ५६ वटा ढोका सहितको ब्यारेज निर्माण गरि १९६५ अप्रिल २४ मा सञ्चालनमा ल्यायो । सम्झौताको धारा-४ ले ब्यारेज माथीको तटीय अधीकार खोसेकोमा सन १९६६ मा सम्झौतामा संसोधन गरेर उक्त अधीकार फर्काईएको थीयो ।
१२. सन् १९६० मा राजा महेन्द्र सामु भारतले कोशी उच्चबाधको लागि प्रस्ताव गरेका थीए तर राजा महेन्द्रले अस्वीकार गरे ।
१३. सन् १९९१ डिसेम्बरमा गिरिजाप्रसाद कोइरालाको पहिलो भारत भ्रमणको बेला कोशी उच्च बाध सम्झौता भयो । यसको उचाई २६९ मिटर हुनेछ ।
१४. सन् १९९२ फेब्रुअरी १४ मा नेपाल-भारत विज्ञहरुको काठमाडौंमा सम्पन्न संयुक्त वैठकले कोशी उच्च बाधको डिपिआर तयार गर्ने निर्णय गर्यो ।
१५. सन् १९९६ फेब्रुअरी १७ शेरवहादुर देउवाको भारत भ्रमणको वेला संयुक्त वक्तव्य जारी गरि कोशी उच्च बाधलाई सम्बोधन गरियो ।
१६. सन् १९९७ मा दुवै देशको संयुक्त टोली गठन गरेर डिपिआर गर्ने सम्झौता भयो ।
१७. सन् २००४ मा देउवा प्रमहुदा विराटनगरमा संयुक्त कार्यालय खोलेर अढाई बर्ष भीत्र पूरा गर्ने गरि डिपिआरको काम सुरु भयो तर आजसम्म आउदा २५% मात्र काम भएको छ ।
१८. कोशी उच्च बाध निर्माण गरिहाले कोसी उच्च बाधको बैकल्पिक बाधहरु डुब्ने भएकाले पहिले बैकल्पिक बाध निर्माण गर्न जरुरत छ ।
१९. सन् २०१२ फेब्रुअरीमा दिल्लीमा सम्पन्न मन्त्री स्तरीय बैठकमा सन २०१३ फेब्रुअरी भीत्रमा कोशी उच्च बाधको डिपिआर छिटै सम्पन्न गर्ने सहमति भयो ।
२०. वि.सं २०६५ भदौ २ गते प्रचण्ड प्रधान मन्त्री बनेकै दिन सप्तकोसी बाध सुनसरीको साविक पश्चिम कुशाहा गाविसबाट फुट्यो जसको कारण सुनसरीको लगभग ५० हजार र बिहारमा ३५ लाख जति जनता बिस्थापित भए ।
२१. कोसी बाध भत्कीए सगै भारतको लागि कोसी उच्च बाध बनाइहाल्न प्राथमिकतामा पर्यो भने बाध भत्कीएसी महिनौ सम्म अबरुध्द महेन्द्र राजमार्गको बिकल्प मार्गको रुपमा कोसी कोरीडोरको आयो ।
२२. नदिको सतहबाट ३०० मिटर माथीबाट डिपिआर भएर काम सुचारु भइसकेको कोसि कोरिडोरलाई स्थगन गरि नदिको सतह भन्दा ५००/७०० मिटर माथीबाट पुन सर्वे गर्ने भनेर उर्जा मन्त्रालयले सडक डिभीजनलाई निर्देशन दिनु र सरकारको आ.व ७७/७८ मा कोसि कोरिडोर नसमेटीनु कोसी उच्च बाध बनाउने बैधानिक नियत हो ।
२३. संघीय बजेटले नदेखेको कोसी कोरीडोरको पहिलेकै सर्वेलाई निरन्तरता दिदै ट्य्राक खोल्न २०७७ असार ३ गते नेकपा जिल्ला अध्यक्ष विनोद कटुवालको अध्यक्षतामा कटारी न.पा तथा ताप्ली र लिम्चुङबुङ गाउपालीकाको जनप्रतिनिधिहरुले बैठक बसि निर्णय गरेको छ ।

कोसी उच्चबाधबाट हुने नेपाललाई फाइदा
१. कोशी उच्च बाधमा भूमिगत बिद्युत गृह बनाएर ३००० मेगावट र कोसी उच्च बाधबाट तिनवटा नहरहुँदै पावर हाउस बनाएर ३०० मेगावाट गरि जम्मा ३३०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई हेर्ने हो भने मात्र पनि कोसी उच्च बाध निर्माणसगै बिद्युत उत्पादन गर्ने कुरा कोशी उच्च बाध निर्मान गर्दा आउने अवरोध टार्नको निम्ति मात्र भन्ने लख काट्न गाह्रो छैन ।
२. नेपाल सरकारले पानिजहाज सञ्चालन गर्ने सपना पूरा गर्नको लागि पनि कोशी उच्च बाध निर्माण उपयुक्त ठानेको छ । कोशी उच्च बाध बनाई बाध निर्माण स्थलदेखि माथी करिब १८० किलोमिटरसम्म पानी जमाएर पानिजहाज चलाउने सपना बुझ्न सकिन्छ तर यो क्षणिक सपना हो यसको दिर्घकालीन असर छ तर फाइदा छैन ।

कोसी उच्च बाधको बेफाइदाहरु
१. २६९ मिटरको कोसी उच्च बाध निर्माण भए संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, ओखलढुङ्गा लगायत जिल्लाको साविक ७९ वटा गाविसहरुलाई प्रत्यक्ष असर पर्ने छ । ती गाविसहरुको धेर वा थोर सबै भूभाग जलमग्न हुनेछ । भने बाढी पहिरोको खतरा उत्तिकै बढेर जानेछ ।
२. कोशीको बहाव क्षमता :- साधारणतया १० हजार क्युसेक हो र सामान्य बाढीमा २ लाख ५० हजार क्युसेक हुने गर्छ । उच्च बाढीमा कोशीको बहाब क्षमता ७ लाख देखि १० लाख क्युसेकसम्म रहन्छ ।
३. तिब्र बहाब क्षमता भएको कोशीले वर्षेनी ९७ हजार मिलियन घनमिटर बालुवा ओसार्छ ।
४. यदि ३० देखि ४० वर्ष भीत्रमा २६९ मिटर अग्लो उच्च बाध बालुवाले पुरे पानिजहाज चलाउने सपना कहाँ जाला ?
५. २६९ मिटर अग्लो बाध कथनकदाचीत फुटेमा यसले सुनसरी, सप्तरी, मोरङ, झापा लगायतका जिल्ला नामेट पार्ने छ ।
६. उत्पादनको लागि उर्वर मानिएका भूभाग तालमा परिणत हुनेछ भने हजारौं घर परिवार विस्थापित हुनेछ ।
७. उच्च बाधको सपना पूरा हुने भए ताप्ली सदरमुकाम रुपाटार जोखीममा पर्ने सम्भावना हुनेछ र सदरमुकामको बिकल्प खोज्नु पर्ने छ ।

निष्कर्ष :-
१. अंग्रेजको पालाबाट कोसी बाढी नियन्त्रणको लागि प्रयास गरिए पनि निर्माण हुन नसकेको कोशी उच्च बाध बिबिध कालखण्ड पार गर्दै गणतन्त्र नेपालका शासकहरुले जनता डुवाएरै भएनि बिहार जोगाउने पक्षमा रहेको देखिन्छ ।
२. विकासको छदम् भेषमा बिहारको बाढी नियन्त्रण गर्न नेपाली भुभागमा कोसी थुनेर विजुली उत्पादन गर्ने र पानिजहाज चढ्ने सपना देख्न सकिन्न ।
३. यदी कोसी कोरिडोर निर्माण भए पूर्वलाई राजधानीसंग जोड्ने अति छोटो मार्ग बन्ने छ भने महेन्द्र राजमार्ग स्थानीय राजमार्ग झै बन्ने निश्चित छ त्यसैले कोसी कोरिडोरको सपनालाई तुहाउन र पुर्वका पहाडि भेगका जनतालाई महेन्द्र राजमार्गमै कैद गर्नको लागि पनि कोसी उच्चबाध र पानिजहाजको कुरा अघी सारेको हुनुपर्छ ।
४. आ.व ०७७/०७८ मा संघीय बजेट बक्तब्यमा कोसी कोरीडोर नपरे पछी कोसी कोरीडोरबाट लाभान्वित हुनसक्ने आम जनतामा छाएको निराशामा स्थानिय सरकारले सृजनशिलतामा कोसी कोरिडोरको ट्य्राक खोल्ने निर्णयसहित बजेट छुट्टाए पछि जनतामा पुन आसा पलाएको छ ।
५. कोसी उच्चबाध नेपाल र नेपाली जनताको हितमा छैन, यसमा संघले एकलौटी निर्णय गरेर हुन्न । कोसी उच्चबाधप्रति जनताको धारणा पनि बुझ्न जरुरत छ ताकी कुन कन मानेमा कोसी उच्चबाध नेपालको हितमा छ र कुनकुन मानेमा कोसि उच्च बाध नेपाली जनताको नेपाल देशको अहितमा छ आम जनताको पनि धारणा सरकारले बुझ्न जरुरी छ ।
६. यदि संघीय सरकारले हचुवाको भरमा हजारौं परिबार विस्थापित गर्दै, सयौं हेक्टर उर्वर जमिन जलमग्न बनाउदै भीत्रि रुपमा बिहार जोगाउन तर बाहिरी रुपमा पानिजहाज चलाउन चाहान्छ भने यो सरकारी कदमको विरुद्धमा पुर्वका आम जनता उभीने छ । जनप्रतिनिधिको नेतृत्वमा आम जनता आफ्नो आफ्नो घरबाट कुटो कोदालो बोकेर पुरानो डिपिआरमा कोसि कोरिडोर बनाउन निस्कनु पर्ने हुन्छ ।

प्रतिक्रिया