शुक्र, साउन २३, २०७७
Fri, August 7, 2020

बेलकाका मेयरले गरे ‘बास्केटबाल कोर्ट’काे सिलान्यास

पूर्णपुष्टि, असार २४ ।

उदयपुरको बेलका नगरपालिकाको बेलका जनता क्याम्पसमा ‘स्वास्थ्य जीवन बेलकाको अभियान अनुसासित खेलकुद युवाको पहिचान’ नाराका साथ बास्केटबाल कोर्टको शिल्यान्यास आज भएको छ । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले एक कार्यक्रमकाबीच सिलान्यास गर्नुभयो ।

नगर प्रमुख थापाले खेलकुदमा ब्यस्त भएमा मानसिक तनाव कम र व्यक्ति स्वस्थ्य हुने बताउनु भयो । उहाँले युवाका लागि बेलका नगरपालिकाले खेलकुदका प्रसंशा योग्य कार्यक्रम भएको  र आगामी वर्ष नगरले क्रिकेटमा पनि काम गर्ने बताउनुभयाे । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ को किरात चोकमा रहेको बेलका जनता क्याम्पसमा निमार्ण समितिका अध्यक्ष  तथा नेकपाका जिल्ला कमिटी सदस्य रमण भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस संचालनमा न्युन विद्यार्थी पहिलो समस्या रहेको बताउनुभयाे । अध्यक्ष  भट्टराईले क्याम्पस संचालनमा नगरले विशेष सहयोग गर्न अपिल गर्नुभयाे । बेलका नगरपालिकामा क्याम्पस हुनु पनि नगरको आधारभुत आवश्यकता भएकाले नगरले संचालनमा सहयोग गर्नु पर्ने उहाँले जोड दिनुभयाे  ।

बेलका नगरपालिकाको गहनाको रुपमा रहेको बेलका जनता क्याम्पस २०६६ सालमा स्थापना भएको हो ।  केहि वर्ष क्याम्पस संचालन भए पश्चात बन्द भएको क्याम्पस पुनः २०७४ बाट संचालनमा आएको थियो । बास्केटबाल कोर्टको सिलान्यासमा बेलका नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष  दिपक दंगालले बेलकाको भविष्यका कुशल कर्णाधारहरु निर्माणका लागि शुभकामना व्यक्त गर्नुभयाे ।

बेलकाका नेकपाका प्रवक्ता तथा जनजाती महासंघ बेलकाका अध्यक्ष ललित राईले नगरको गहनाको रुपमा क्याम्पस रहेको बताउनुभयाे । जनता समाजवादी बेलकाका अध्यक्ष सुरेन्द्र राईले शुभकामना राख्नुभयाे । पोर्ट निर्माणका लागि नगरको युवा तथा खेलकुद विकास समितिबाट यस आर्थिक वर्षमा दुई लाख ५० हजार विनियोजन भएको नगरका युवा तथा खेलकुद विकास समितिकी अध्यक्ष सिता राईले बताउनुभयाे । उहाँले सम्पन्न हुन ८ लाख लागत लाग्ने बताउनुभयाे । क्याम्पसमा मेनेजमेन्ट विषयमा स्नातकका कक्षामा ४५ बढि विद्यार्थीहरु अध्ययनरत छन् । बेलका नगरपालिकाले पञ्च वर्षिय आवाधिक योजनामा शिक्षालाई दोस्रो प्राथमिकतामा राखेको छ । क्याम्पस प्रमुख सुमन कटुवालका अनुसार सबै पक्षले क्याम्पस संचालनमा सहयोग गर्नु पर्ने बताउनुभयाे । हाल क्याम्पसका दुई वटा भवन छन् भने एक वटा आरसिसि भवन निर्माणाधिन रहेको छ । क्याम्पस संचालनमा नगर शिक्षा समितिले पनि पहल गरेमा थप सहज हुने जानकारहरु बताउँछन्  । भौतिक पुर्वाधार सँगै क्याम्पसको गुणस्तर सुधार पनि सँगै उकास्न सकेमा अध्ययनका लागि उच्च शिक्षाका लागि सहर ताक्नु पर्ने विद्यार्थीमा समस्या हल हुने थियो ।

प्रतिक्रिया

%d bloggers like this: