शुक्र, साउन २३, २०७७
Fri, August 7, 2020

सशस्त्र प्रहरीको सहयोगमा ब्याड्मिन्टन कवर्डहलको छानो मर्मत

पूर्णपुष्टि, असार २४ ।

सशस्त्र प्रहरीको सहयोगमा व्याड्मिन्टन खेलाडीहरुले त्रियुगा नगरपालिका १० बोक्सेस्थित कवर्डहलको छानो मर्मत कार्य भएको छ ।

वर्षातमा कवर्डहलमा पानी चुहुने भएपछि खेलमा अवरोध भईरहेको थियो । पुरानो कवर्डहल र नयाँ ब्याड्मिन्टन कवर्डहलबीचको जोडिएको छानोबाट पानी चुहुने गरेको थियो । उक्त ठाउँलाई सिमेन्ट लेपनसहित पानी नचुहुने गरी टाल्ने काम गरिएको छ । उक्त ठाउँमा पानीको निकास जानेगरी राखिएको पाईप सफा गर्ने काम पनि भएको छ । साथै कर्कटपाताको छानोको बीचबीचमा पनि प्वाल रहेको र पानी चुहुने गरेकोले टाल्ने काम भएको छ । कवर्डहलभित्र थप उज्यालोको लागि विजुली बत्ती थप जोड्ने काम पनि भएको छ ।

जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका महासचिव रुवेन राईले वर्षातमा पानी नचुहुने गरी मर्मतको काम भएको बताउनुभयो ।

संघले केही आर्थिक जुटाइ मर्मतका लागि आवश्यक सामग्री खरिद गरेको र मर्मतका लागि बोक्सेस्थित सशस्त्र प्रहरी बलको सहयोग तथा खेलाडीहरु आफै पनि खटिएको संघका कोषाध्यक्ष सुवास भट्टराईले बताउनुभयो ।

प्रदेश देखि राष्टियस्तरसम्मको ब्याड्मिन्टन प्रतियोगिता हुने उक्त कवर्डहलमा हरेक दिन नियमितरुपले खेल तथा अभ्यास हुने गरेको छ ।

तस्विरहरू :
    

प्रतिक्रिया

%d bloggers like this: