शुक्र, साउन २३, २०७७
Fri, August 7, 2020

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

पूर्णपुष्टि, असार २५

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । गतराति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० गोलले पछि पार्दै जित हात पारेको हो ।

खेलको १० औं मिनेटमा जिससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २१ औं मिनेटमा महरेजले गोल गरे । खेलको ५८ औं मिनेटमा न्युकासलका फर्नान्डेजले आत्मघाती गोल गरे ।

खेलको ६६ औं मिनेटमा सिल्भाले गोल गरे । खेलको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।

जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: