शुक्र, साउन २३, २०७७
Fri, August 7, 2020

बाढी पहिरोबाट एकै दिन २४ जनाको मृत्यु, ३७ जना बेपत्ता

पूर्णपुष्टि, असार २६

अविल वर्षासँगै आएको बाढी, पहिरोले देशको विभिन्न ठाउँमा ठूलो जनधनको क्षति गरेको छ । देशको विभिन्न ठाउँमा शुक्रबारमात्रै बाढी र पहिरोमा परि २४ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता भएका छन् ।

पहिरोमा परि कास्कीका विभिन्न ठाउँमा गरी ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले पहिरोमा परि मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

त्यस्तै म्याग्दीको विभिन्न ठाउँमा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–४ मा पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । बारेकोटकै धुमा खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको छ ।

त्यस्तै लमजुङमा ३ जना, रुकुम पश्चिममा २ जना र गुल्मीमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विपद् भएका ठाउँमा उद्धार तथा खोजीको काम भइरहेको सरकारले जनाएको छ ।

सिन्धुपाल्चोकमा बिहीबार बाढी र पहिरोमा परी हराइरहेका २१ जनाको शुक्रबार पनि खोजी भइरहेको छ ।

प्रतिक्रिया