शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बालबालिका बारे अन्तरक्रिया

पूर्णपुष्टि/उदयपुर, पुस २७ गते

केन्द्रिय वाल कल्याण समिति तथा जिल्ला वाल कल्याण समिति उदयपुरको आयोजनामा बुधबार बालबालिकाको हकहित संरक्षण तथा सम्बद्र्धनका लागि अन्तरक्रिया तथा जानकारी आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

जिल्लास्थित सरोकारवालाहरुसंग भएको अन्तरक्रिया तथा जानकारी आदानप्रदानमा केन्द्रिय वाल कल्याणसमितिको तर्फबाट बालबालिकाको हकहितका लागि अपनाउनुपर्ने सरकारी भूमिका बारे जानकारी राखिएको थियो । बाल हिंसा अन्त्यका लागि सबैपक्षको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिइएको थियो ।

जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, संघसंस्था, पत्रकार लगायतका सरोकारवालाहरुले जिल्लाको अवस्थाको बारेमा जानकारी राखेका थिए ।

जिल्लामा अझै पनि बालश्रम, बाल हिंसाका घटनाहरु घट्ने क्रम नरोकिएको भन्दै त्यसप्रति सम्बन्धीत निकायको ध्यान पुग्नुपर्ने सहभागिहरुले बताएका थिए ।

प्रतिक्रिया

%d bloggers like this: