बुध, अशोज १४, २०७७
Wed, September 30, 2020

आज थप २३३ जना कोरोनामुक्त

पूर्णपुष्टि, साउन २२

नेपालम आज थप दुई सय ३३ जना उपचारपछि कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १५ हजार तीन सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा नौ सय ३७, प्रदेश नम्बर २ मा तीन हजार दुई सय ३४ र वाग्मती प्रदेशमा पाँच सय ९१ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा एक हजार तीन सय ६२, प्रदेश नम्बर ५ मा चार हजार ९७, कर्णाली प्रदेशमा एक हजार सात सय ७७ र सुदूरपश्चिम प्रदेशमा तीन हजार तीन सय ९१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६  जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

%d bloggers like this: