सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

खोटाङ आईडलमा २९ छानिए

पूर्णपुष्टि/खोटाङ, माघ ९ गते –

खोटाङमा जारी बृहत साँगीतिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रतिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निखारिएका २९ जना गायक तथा गायिका छनौटमा परेका हुन् ।

मल्टिराउण्ड पार गरेका उनीहरु हर कसरत आफुलाई अन्य सामु उभिन साहशिषक मेहेनत गर्नुपर्ने भएको छ । परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको मल्टिराउण्ड अडिसनबाट छानिएका प्रतिस्पर्धीहरु लोकदोहरी गायक अडिराम राई, अटल राई र भक्त विश्वकर्माको निर्णायबाट आईडलको यात्रामा अगाडि आएका हुन् ।

सोमबार राति सम्पन्न मल्टिराउण्ड अडिसन पार गरेका २९ जनालाई पुनः १५ जनामा झारिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो । १५ जनामा झारिएसँगै भोटिङ सिष्टम शुरु हुने संयोजक राईले जानकारी दिनुभयो ।

आईडलको लोक आधुनिक राउण्ड आगामी १६ गते हुदैछ । चौथो अडिसनपछि भोटिङ राउण्डमा पुग्ने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ५४ हजार ५७४ का साथमा ६ महिना संगीत विद्यालयमा अध्ययनको अवसर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने संयोजक राईले बताउनुभयो । यस्तै, दोश्रो हुने प्रतिभाले नगद २४ हजार ५७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेश्रो हुने प्रतिभालाई नगद १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: