मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

प्रेस चौतारीद्वारा विरामीलाई फलफुल वितरण

पूर्णपुष्टि/गाईघाट, माघ २२ गते

-प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसमा विरामीलाई सोमबार फलफुल वितरण गरिएको छ ।

चौतारीको शाखा उदयपुरको आयोजनामा जिल्ला अस्पताल उदयपुरमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, पूर्वसांसद मञ्जुकुमारी चौधरी, स्वतन्त्र पत्रकार सेनानी कौशल चेम्जोङलगायतले विरामीहरुलाई फलफुुल वितरण गर्नुभयो ।

चौतारीले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका साथै सामाजिक कार्यको रुपमा फलफुल वितरण कार्य गरेको चौतारी शाखा उदयपुरका अध्यक्ष गणेश उप्रेतीले बताउनुभयो । कार्यक्रममा पत्रकार, नागरिक समाज लगायतको पनि सहभागिता थियो ।

 

प्रतिक्रिया

%d bloggers like this: