सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

गाईघाटमा आगलागी, लाखौंको क्षती

पूर्णपुष्टि/उदयपुर, माघ २३ गते

-उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट सब्जीबजार नजिकै मंगलबार राती भिषण आगलागी भई लाखौंको क्षती भएको छ ।

आगलागीबाट स्थानीय भक्तबहादुर दनुवारको दुईतले काठको घर जलेर लाखौंको क्षती भएको हो ।

राती करिब ९ : ०० बजेतिर सुरु भएको आगलागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहयोगमा केही समयपछि नियन्त्रण भएपनि घरको माथिल्लो तल्ला पूर्णरुपले जलेर नष्ट भएको छ ।

घरका सदस्यहरु घरको तल्लो तल्लामा बसेर खानपिन तयार गरिरहेको अवस्थामा एक्कासी माथिल्लो तलामा आगो उठेको परिवारीक स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार घरको विजुली सर्ट भई आगो उठेको थियो ।

प्रतिक्रिया

%d bloggers like this: