आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

कोरोनामा बाँच्न जन हेरी परिवारलाई कर्जा देउ सरकार

जनबोली

लक्ष्मण प्रसाद शाह
त्रियुगा नगरपालिका–१२, उदयपुर

यस कोरोना माहामारीले विश्वलाई सताईरहदा नेपालमा पनि प्रवेश पायो । करिब एक लाख ७० हजार व्यक्ति जुन विदेशबाट आएर क्वारेन्टाईनमा बस्थ्यो । तेस्रो चरण, चौथो चरणमा आउँदा सरकारले १४ दिनको अवधि दिदै ५ औँ चरण ७० दिनमा सिद्धिनु पर्ने तर आजसम्म क्रम जारी नै रहेको छ । हाल भारतको विहार, युपी लगायतका नेपालसँग सिमाना जोडिएका जिल्लाहरु र बढी आउनेहरु जवसम्म भारतमा कोरोना सान्त हुदैन तव सम्म नेपालमा सान्त गर्छु भन्नु दिवा स्वाप्न नै हुने छ ।

एकातीर देश कोरोनाले पिडित भएको अर्को तिर लकडाउन जुन कोरोना नियन्त्रणको अचुक उपाय हो । यसलाई २/३ महिना लगातार कायम राखिराख्नु पर्ने हुन्छ । सरकारले कोरोना जित्ने काम गरेको ठिकै हो । तर घरको एक सदस्य रोगबाट पिडित छ भने अर्को सदस्य भोकबाट मर्ने अवस्थामा छ । खास गरेर साना व्यापारीहरु, दैनिक ज्यालामजदुरी र गरीवहरुले भोग्नु पर्ने भोकको पिडालाई सरकारले मनन गरी २०७६/७७ को चैत्र र बैशाखमा दिएको राहत रासनको दाल, चामल ग्याँस विना अपुरो रह्यो । चामल, दाल पानीमा के फुलाएर खाने ? त्यो पनि जेष्ठ, असारमै सिद्धियो । अव के खाने ? राहत माग्न संकोच पनि हुन्छ । त्यसैले २००१ साल, २०५१ साल सम्म पनि गाउँघरमा हाम्रो पुस्ताले ज्यान बचाउन एक माना धानको ७ मन पुसमा तिर्ने गरी कर्जा दिएर पनि आफ्नो बंश राखेको थियो । त्यस्तै आजको परिवेशमा जहाँ बैँकहरु पनि बन्द छ ।  बैँकले कर्जा दिन डराउन र कर्जा लिने पनि डराउँछ । किन कि साँवा, व्याज तिर्ने वातावरण बजारको कुनै व्यवसायको अवस्था नै छैन ।

तर ज्यान पाल्नु पर्ने छ । यस्को लागी सरकारले ३० हजार, ५० हजार, एक लाख एक सालसम्म भएपनि आवश्यकता परिस्थिती हेरी कवली लेन–देन कानुन अनुसार २ वर्षबाट ४ वर्ष अवधि राखेर कर्जा वितरण गर्ने व्यावस्था गर्नु प¥यो । परिवारको १ सदस्य विरामी भयो भने त्यसको मात्रै उपचार गर्ने होईन सवै सदस्यको उपचार गर्नु प¥यो ।

लघुवित्तबाट लिएको कर्जाहरुमा १ लाखको मासिक १० हजार तिर्नु पर्दा धेरै आर्थीक भार परेको छ । किन भने धेरैसँग आर्थीक समस्या आएकोले व्यापारीहरु व्यक्तिगत रुपले चल्न सक्ने अवस्था छैन । त्यसैले यसको मासिक किस्ता ५ हजार गर्दा धेरै नै सजिलो हुने थियो । र सस्थालाई पनि मार पर्दैन किन कि साँवा १० हजार बुझाउँदा लगानी ९० हजार रहन्छ । भने अव लगानी ९५ हजार रह्यो त ९५ हजारको व्याज पनि त आयो ।

हाल भोकको अवस्था यस्तो छ कि धनिको बच्चा मिठो–मिठो खान्छ । गरिबको बच्चा ट्वालट्वाल हेरी रुन्छ । यो वस्था देखि आमा वुवा विवस्थाको आँशु बगाउँछ । यसमा सरकारको विशेष ध्यान जावस् । धन्यवाद !

प्रतिक्रिया