शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आगलागीमा बालक घाइते

पूर्णपुष्टि/उदयपुर, फागुन २ गते

-ताप्ली गाउँपालिका वडा नं. ४ पोखरी गाउँमा मंगलबार दुईघरमा आगलागी हुदा एक बालक घाइते हुनुका साथै छ लाख बढिको क्षती भएको छ ।

स्थानीय सबिन तामाङ्गको फुसको छानो भएको दुईवटा घर आगजनी हुखा उनको ७ महिनाको छोरो प्रशान्त घाइते भएको प्रहरीले जनाएको छ । बालक प्रशान्तको दुबै हात र जीउमा आगोले पोलेर घाइते भएको जनाइएको छ । उनलाई कटारी अस्पतालमा उपचारका लागि लगिएको छ ।

घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसमेत गरी छ लाख बढिको जलेर क्षती भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: