मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

मुलुकले पायो नयाँ प्रधानमन्त्री केपी शर्मा ओली

पूर्णपुष्टि/काठमाडौं, फागुन ३ गते

-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । योसंग उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभएको हो ।
उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपती भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएपछि सरकार गठनको बाटो खुलेको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आजै सपथ लिने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे शीतल निवासमा सपथ ग्रहण समारोेह रहेको अनलाईन सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन् ।

प्रतिक्रिया