शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त, प्रदेश १ मा ५ सदस्यीय मन्त्रीमण्डल

पूर्णपुष्टि/काठमाडौं, फागुन ३ गते

-बिहिबार मुलुकले प्रधानमन्त्री पाएसंगै मुलुकको सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाएको छ । प्रदेश नं. मा शेरधन राई, प्रेदश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणी पौडेल , प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ मा शंकर पोखरेल, प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री निर्वाचित भएका हुन् ।

यसका साथै प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईको सिफारिसमा एमालेबाट हिक्मत कार्की गृह –आन्तरिक मामिला तथा कानुन), जीवन घिमिरे सामाजिक विकास र जगदीश कुसियत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गरी तीनजना मन्त्री नियुक्त भएका छन् भने माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो अर्थ (आर्थिक मामिला तथा योजना) मन्त्री बनेका छन् । मुख्यमन्त्री राई र चारैजना मन्त्रीलाई आजै प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

प्रदेश २ मा तीन सदस्यीय सरकार बनेको छ । मुख्यमन्त्री राउतको सिफारिसमा संघीय समाजवादी फोरमबाट विजय यादवलाई आर्थिक मामिला तथा योजना मन्त्री र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन् ।

प्रदेश ३ मा पनि तीन सदस्यीय सरकार बनेको छ । मुख्यमन्त्री पौडेलको सिफारिसमा एमालेका केशब स्थापित पूर्वाधार मन्त्री र माओवादीका शालीकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् ।

प्रदेश ४ मा सरकार विस्तार बाँकी छ भने, प्रदेश ५ मा तीन सदस्यीय सरकार बनेको छ । मुख्यमन्त्री पोखरेलको सिफारिसमा एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री र माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) नियुक्त भएका छन् ।
अन्य प्रदेशमा यसअघि नै मुख्यमन्त्री नियुक्त भएको हो भने प्रदेश ६ र ७ मा बिहिबार नियुक्त भएको हो ।

प्रतिक्रिया

%d bloggers like this: