आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

जाल्पाको प्रयासमा ४ बालबालिकाले विद्यालय पढ्न पाए

पूणर्पुष्टि, असोज १

जाल्पा एकिकृत विकास समाज एक सामाजिक संस्था हो । यो संस्था विषेश गरीे पहाडी तथा दुर्गम स्थानमा वसेका जनताहरुको स्थर उन्नतीका लागि सामाजिक, आर्थिक, विपद जोखिम, विकास निर्माण, कृषि सँगै शैक्षिक क्षेत्रमा समेत काम गर्दै आएको संस्था हो ।

उदयपुर जिल्लाको बिभिन्न क्षेत्रहरुमा रहेर कामहरु गर्ने क्रममा उदयपुरको रौतामाई गाउँपालिका लाफागाउँमा रुढीबाढी संस्कारमा हुर्किएको एक परिवार भेटियो  । यो समयमा पनि अझै अविभावकहरुमा छोराछोरीलाई विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने कुरा त्यो परिवारमा थाहानै थिएन ।

विद्यालयको कुरा गर्ने बित्तिकै आक्रोस पोख्ने परिवारलाई जाल्पा एकिकृत विकास समाजको प्रयासमा शिक्षाबाट बन्चित बनेका ४ जना बालबालिकाहरुलाई विद्यालयबाट शिक्षा प्रदान गर्ने अवसर मिल्यो । 

गाउँका सबै विद्यालय जान्थे यो देखेर आफु कस्तो परिवारको मान्छे हो भन्दै छक्क पर्दै आएका ति बालबालिकाहरुले अहिले आफुले पनि शिक्षा पाउँदा मख्खै छन् ।  ति परिवार हो उदयपुरको रौतामाई गाउँपालिका ३ लाफा गाउँका प्रेम बहादुर राईको परिवार, ४१ बर्षिय प्रेम बहादुर राई र ३८ बर्षिया मनकुमारी राईको एक छोरी र तिन छोरी गरी ४ जना छोरीछोरी छन् । उनिहरु सबै विद्यालय जाने समय भइसकेको भएता पनि विद्यालय जान सकिरहेका छैन् । स्थानीय जनप्रतिनिधि बर्त हिराराईले छोराछोरीलाई स्कुल पाठाउन सल्लाह दिदा उल्टै आफै सँग आईलाग्ने गरेको बताउँनुभयो । विद्यालयको कुरा गर्ने वित्तिकै प्रेम बहादुर रिसाउँछन् राईले भनिन् ।

शिक्षाको महत्वनै नबुझेको प्रेम बहादुरलाई गाउँका बुद्धिजिवि, शिक्षक र जनप्रतिनिधिले समेत बालबालिकाहरुलाई स्कुल पठाउन आग्रह गरेपनि प्रेम बहादुरले टेरपुछर नै नलगाउने गरेको राईले बताउनुभयो ।

न्युनआर्थिक अवस्था रहेको परिवारको मुख्य पेशा कृषि नै हो । आर्थिक क्षेत्र बलियो नभएको त्यस परिवारमा दिनभर छोराछोरीलाई कृषि कार्यमै व्यस्त बनाउँथे । दाउरा घाँसमै व्यस्त बन्दै शिक्षाबाट अन्धकार भईरहेको त्यस परिवारको अवस्था बारे एकदिन जाल्पाले परिवारको बारेमा बुझ्ने अवसर पायो ।

खबरपाए लगत्तै जाल्पाका जिड्स स्टाफ वीर बहादुर मगरले त्यसको खोजी कार्य र अवस्थाबारे परिवारमै गएर बुझे । यो बुझिसकेपछि कनै पनि हालतमा ति बालबालिकाहरुलाई स्कुल पठाउने प्रयासमा मगरले आफ्नो कदम चाले ।

विद्यालयवका प्र.अ. नरेन्द्र सिंह, रौतामाई गाउकार्यपालिका सदस्य वर्तहिरा राई, वडा बालअधिकार समितिका संयोजक विरेन्द्र खड्का लगायतको प्रतिनिधि पदाधिकारिहरुको टोलीसँग मगरले यसवारे गम्भिर छलफल गर्‍यो ।

छलफल पश्चात टोलीनै प्रेम बहादुरकै घरमा गई करिब ४ घण्टासम्म बालबालिकाहरुलाई विद्यालय पठाउने बिषयमा छलफल भयो । प्रेम बहादुर, उनकी श्रीमती मनकुमारी र हजुरआमा बजैलाई बल्लतल्ल स्कुल पठाउने कुरामा सहमत गराए ।

कक्षा ३ पढि छोडेका १३ बर्षिय वालिका केशरीमाया, १० बर्षिय छोरा बिजय, ८ बर्षिय छोरि रेमिता लगायत ६ बर्षिय खबरमाया राई, पछि बुबा आफैले विद्यालय सम्म ल्याएर भर्ना गरे । अन्य सवै विद्यार्थीहरु डे्रसमा जान्थे तर ति परिवारको भने आर्थिक अवस्था कम्जोरका कारण ड्रेस बिनानै विद्यालय जान थाले । 

पछि जाल्पाले विद्यालयका शैक्षिक सामाग्री झोला, पुस्तक, ड्रेस उलब्ध गराएपछि अहिले निरन्तर रुपमा उनिहरु विद्यालय जाँदैछन् । २०७४ सालमा स्कुल भर्ना भएका ति बालबालिकाहरु अहिले विद्यालयका उदाहरणिय विद्यार्थी बनेका छन् । ७४ सालमा ३ कक्षामा विद्यालय भर्ना भएकी किशोरीमा राई हाल ६ कक्षामा प्रथम छिन् भने छोरा बिजय राई कक्षा १ मा भर्ना भई हाल ३ कक्षामा तेस्रो छन ।

यता छोरि रेमिता र खवरमाया राई इसिडि मा भर्ना भई  कक्षा २ मा अध्यान गरिरहेकी र राम्रो पठनपाठन गरिरहेकी विद्यालयले जनाएको छ । ती वालवालिकाहरु विद्यालयको अनुुसासन मेहनत र पढाईमा लगनसिलताको लागि विधालयकै एउटा नमुना र उदाहरणिय वालवालिकाको रुपमा विद्यालयले लिन गरेको छ ।

प्रतिक्रिया