आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

सामाजिक सेवा दिवसको अवसरमा मुुसहर समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

पुुर्णपुष्टि,असोज ५

४१ औँ सामाजिक सेवा दिवसको अवसरमा मुुसहर समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । पुरानो गाईघाट स्थित जनप्रेमी पुर्वाधार आधारभुत विद्यालयमा अध्यनरत १०० जना विद्यार्थीलाई शैैक्षिक सामाग्री वितरण गरिएको हो ।

गैसस महासंघ नेपाल उदयपुर जिल्ला शाखाको आयोजना तथा जाल्पा एकिकृत विकास समाजको सहयोगमा प्रत्येक विद्यार्थीलाई ५ वटाको दरले कापी, १ वटाको दरले वर्णमाला पुस्तक र १ वटाको दरले कलम वितरण गरिएको गैसस महासंघका प्रदेश इन्चार्ज महेश्वरी राईले बताउनुभयो ।

बिपन्न मुसहर समुदाय र शिक्षा प्रति कुनै चेतनाको विकास नभएको त्यस्ता बालबालिकालाई शिक्षा प्रति प्रोत्साहित गर्न शैैक्षिक सामाग्री वितरण गरिएको हो ।

 

प्रतिक्रिया