आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

खुल्ला भलिबल प्रतियोगतीको उपाधी ताप्लिलाई

पूर्णपुष्टि, असोज २४

सातभञ्ज्याङ सक्रिय समाज ताप्लिले खुल्ला भलिबल प्रतियोगीताको उपाधी हात पारेको छ ।
रौतामाई गाउँपालिका–५ को ईमो आम्का बोखामा खाम्मातीमा टोल सुधार समिति धोद्रे र रौगापा–६ को रौता बजारको संयुक्त आयोजनामा भएको खुल्ला भलिबल प्रतियोगीताको उपधी ताप्लिले हात परेको हो ।

यहि असोज २२ गतेदेखि सुरु भएको प्रतियोगीतामा छिमेकी जिल्ला खोटाङको बाराहा पोखरी द्धितिय भएको छ भने रौगापा–३ लाफागाउँले तृतिय स्थान हात पारेको आयोजकले जनाएको छ ।
शनिबार भएको फाईन खेलमा बाराहालाई ताप्लिले १७–२५ को अन्तरले जिते भने दोस्रो सेटमा ताप्लिलाई बाराहाले २१–२५ को अन्तरले जित हात पारेको थियो । तेस्रो सेटमा बाराहालाई ताप्लिले २८–३० र चौथो सेटमा बाराहालाई ताप्लिले २१–३२ को अन्तरले जित हात पार्दै उपाधी चुमेको आयोजकका अध्यक्ष सितामार राईले बताए ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय टिमलाई २० हजार, १० हजार र ५ हजारको साथ प्रमाण पत्रले पुरस्कृति गरिएको अध्यक्ष राईले बताए ।

जिल्लाकै प्रमुख धार्मीक तथा पर्यटकिय स्थल रौता पोखरीमा भएको प्रतियोगीतामा जिल्लाका विभिन्न पालिका र छिमेकी जिल्ला खोटाङबाट १६ टिम सहभागिता जनाएको उनले बताए ।

प्रतिक्रिया