आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डको जित

पूर्णपुष्टि, असोज २६

यूईएफए नेशन्स लिग फुटबलमा इंग्ल्याण्डले जित हात पारेको छ । राती भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २–१ गोल अन्तरले पछि पार्दै जित हात पारेको हो ।
खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बेल्जियमले अग्रता बनाएको थियो । तर ३९ औं मिनेटमा मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई बराबरीमा पुर्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा इंग्ल्याण्डका मासुन माउन्टले गोलसँगै टिमलाई जित दिलाएको थियो ।

यो जितपछि समूह बी मा रहेको इंग्ल्याण्ड ७ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया