आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

आज नेप्से ९.४२ अङ्कले घट्यो

पूर्णपुष्टि, असोज २७

आज शेयर बजारको कारोबार मापक नेप्से परिसूचक करिब ९.४२ अङ्कले घटेको छ ।
सोमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९.४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

व्यापार, उत्पादन र म्युचल फण्ड बाहेकका समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४ सय ८७.४१ अङ्कले घटेको छ भने उत्पादनमूलक समूहको उपसूचक १०.८४ अङ्कले सुधार भएको छ ।
एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरका ६७ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको मङ्गलबार सबैभन्दा धेरै ११ करोड २६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

परिसूचक घटे पनि ज्योति विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले ४.८३ प्रतिशत कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ८.७२ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया