आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

आज सुनचाँदीको भाउ यतिले घट्यो

पुर्णपुष्टि,असोज २८ 

सुनको भाउ आज तोलामा ६ सय रुपैयाले घटेको छ । हिजो तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज ९४ हजार ५ सय रुपैयाँमा किनबेच भईरहेको छ । यता चाँदीको भाउ पनि तोलाको २० रुपयाँले घटेको छ ।

हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।  आज तोलामा २० रुपैयाँले घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया