आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

भारतीय सेनाध्यक्ष नेपालमा भ्रमणमा आउने

पूर्णपुष्टि, असोज २९

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे  आउँदो कात्तिकमा नेपाल भ्रमणमा आउने भएको छ ।
दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदो कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दौ जनाएको हो ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गत माघ २० गते नै निर्णय गरेको जनाईएको छ ।

प्रतिक्रिया