आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

कोरोनाबाट बच्न प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

पूर्णपुष्टि, असोज ३०

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना सङ्क्रमणबाट बच्न प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ ।
यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो ।

युरोपमा अब दैनिक एक हजारभन्दा धेरैको मृत्यु हुने चेतावनी पनि दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् ।
यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए । कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ ।

त्यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।

प्रतिक्रिया