आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ११ लाख नाघ्यो

पूर्णपुष्टि, असोज ३०

विश्वका विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।
विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि हुदा ११ लाख ३ हजारको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये २ करोड ९३ लाख निको भएका छन् ।

अहिले ८६ लाख ९७ हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात साढे ७० हजारको अवस्था जटिल रहेको र बाँकी ८६ लाख २६ हजारको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ ।
अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ लाख २२ हजारको मृत्यु भएको छ ।

त्यस्तै भारतमा ७३ लाख ६५ हजारमा सङ्क्रमण पुष्टि हुँदा १ लाख १२ हजारको मृत्यु भएको छ । ५१ लाख ६९ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा १ लाख ५२ हजारको मृत्यु भईसकेको वल्ड्रोमिटरले जनाएको छ ।

प्रतिक्रिया