आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज विमोचन

पूणर्पुष्टि, असोज ३०

उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज गजल संग्रह शुक्रबार विमोचन भएको छ । सुनौलो अवाज १ नं प्रदेशकी साम्सद अम्विका थापाले संगम सामुदायीक पुस्तकालयको सभाहलमा विमोचन गर्नुभयो । बिभिन्न साहित्यकार र साहित्य संघ संस्थाहरुको उपस्थितिमा एक कार्यक्रम गर्दै गजल संग्रहको विमोचन गरिएको छ ।

साहित्य क्षेत्रमा अग्रसर रहेका चार युवा साहित्यकार रविन खड्का, अनिल घिमिरे, शारद खड्का, कुमार ज्योतिको संयुक्त प्रकाशित सुनौलो गजल संग्रह रहेको छ । ५ सय प्रति प्रकाशित संग्रह करिब ९२ पेज बराबरको रहेको लेखक रबिन खड्काले बताउनुभयो । यो चाँडैनै बजार लगाएत साहित्यक व्यक्तिहरुमा फैलाउने अर्का लेखक अनिल घिमिरेले बताउनुभयो । 

विमोचन कार्यक्रम सँगै युवा संघका अध्यक्ष खगेन्द्र पोखरेलले पुस्तकालयलाई पुस्तक उपलब्ध समेत गराउनुभयो । त्यस्तै टंक आले मगरले पनि आफ्नो कृति अछेता पुस्तकालय र अतिथिहरुलाई वितरण गर्नु भयो । यस्तै उदयपुरका सक्रिय युवा साहित्यकार जिवन आरोहीले पनि आफ्नो कृति पुस्तकालयलाई उपलब्ध गराउनुभयो ।

प्रतिक्रिया