आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

नेपालमा थप ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक १

नेपालमा आज थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ती सय चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ ।
अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया