आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

उच्च रक्तचापका बिरामीलाई थप सावधानी अपनाउन आग्रह

पूर्णपुष्टि, कात्तिक १

सरकारले उच्च रक्तचापका बिरामीहरुलाई कोरोनाको प्रभाव बढी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको जनाएको छ । अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेकाले नियमित जाँच गराएर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्ने जनाएको छ ।
नेपालमा २४.५ प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ । ४० प्रतिशत मानिसले भने अहिलेसम्म रक्तचाप परीक्षण नै नगराएको जनाईएको छ । जाँडरक्सी तथा चुरोटबिँडी नखाने र सक्रिय जीवनशैली अपनाउने हो भने उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

प्रतिक्रिया