शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

छोराले गरे आफ्नै आमाको हत्या

पूणर्पुष्टि, कार्तिक ९

कन्चनपुरमा बन्चरो प्रहार गरी आफ्नै आमालाई छोराले हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

घरायसी विवादमा पुनर्वास नगरपालिका -३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया