शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

कक्षा १२ को परिक्षामा संक्रमित विद्यार्थीलाई अलग्गै परिक्षाको व्यवस्था

पूणर्पुष्टि, कार्तिक ९

कोरोना माहामारीकै बिच हुन लागेको कक्षा १२ को परिक्षामा कुनै विद्यार्थी संक्रमित भए अलग्गै परिक्षा गराउने राष्ट्रिय परिक्षा बोर्डले गरेको छ । लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निणर्यबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको छ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।

बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड -१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।

परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट गणना गरिनेछ । बोर्डले ४० प्रतिशत लब्धाङकका लागि अनलाइन परीक्षा गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ ।

प्रतिक्रिया