शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

गाईघाटको टाईम्स पोलिक्लिनिक सिल्ड

पूणर्पुष्टि, कार्तिक ९
प्रक्रिया नपुगी अबैध रुपमा संञ्चालन गरेको भन्दै गाईघाटको टाईम्स पोलिक्लिनिक हेल्थ कियर सेन्टरलाई सिल्ड गरेको छ । स्वास्थ्य कार्यलय उदयपुरको नेतृत्वमा आइतबार सिल्ड गरेको हो ।स्वास्थ्य कार्यलय र त्रियुगा नगरपालिकामा समेत कुनै पनि दर्ता नगरी संञ्चालन गरेको पोलिक्लिनिकलाई सिल्ड गरेको स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । स्वास्थ्य कार्यलय सँगै प्रहरी, प्रशासन, स्थानीय, जनप्रतिनिधि वाणिज्य संघ लगाएतको उपस्थितिमा सिल्ड गरिएको छ । 

शनिवार मात्रै सोहि क्लिनिकमा एक जना विरामीको मृत्यु भएपछि आफन्तहरुले क्लिनिकले लापर्वाहि तरिकाले उपचार गरेको भन्दै विरोध समेत गरेका थिए । सामान्य विरामी हस्पिटल उपचार गर्दागर्दै अचानक मृत्यु भएपछि लापर्वाही हिसावको उपचारका कारण विरामीको मृत्यु भएको परिवारले आरोप लगाएका थिए ।

त्रियुगा नगरपालिका २ सनुवाकी २३ बर्षिय बिनिता थापा उपचारको क्रममा शनिवार मृत्यु भएको थियो । मृतककी बुबा कृष्ण बहादुर थापका अनुसार छोरी सामान्य बिरामी रहेको बताउनुभयो । आफै खाने बस्ने बिरामीलाई लगतार ६ ओटा सुई लगाएको र अन्तिम सुइको रियाक्सनले छोरीको मृत्यु भएको हुन सक्ने उहाँले बताउनुभयो ।

सुई हानेपछि छोरीले एक्कासी रगत बमेट गरेपछि अर्को हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थापाले बताउनुभयो ।

आफन्तहरुले निष्पक्ष छानविन गरी दोषी ठहरीय कडाई माग गरेको छ । मृतकलाई पोष्टमाटमका लागि जिल्ला हस्पिटलमा राखिएको छ । पोष्टमाटम रिपोर्ट पछि अनुसन्धानमा दोषि देखिएमा कार्वार्ही हुने जनाएको छ ।

प्रतिक्रिया