शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिए

पूणर्पुष्टि, कार्तिक ९

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

प्रतिक्रिया