शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

परीक्षाको कापी पुनः परिक्षणको माग

पूर्णपुष्टि/गाईघाट, फागुन २९ गते

-भर्खरै सञ्चालनमा आएको जिल्ला बसोबास व्यवस्थापन समिति उदयपुरमा कम्प्युटर अपरेटरका लागि भएको लिखित परीक्षाको नतिजा चित्त बुझ्दो नभएको भन्दै केही परिक्षार्थीहरुले पुनः परिक्षणको माग गरेका छन् ।

समितिले सोमबार (फागुन २८ गते) परीक्षा दिइ, सोही दिनको साँझ परीक्षा नजिता सार्बजनिक गरेकोमा नजिता शंकास्पद र चित्त बुझ्दो नरहेकाले पुनः कापी परीक्षणको माग गरेका हुन् । उनीहरुले पुनः कापी परिक्षणको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा निवेदन दिएका छन् ।

उनीहरुका अनुसार ८ जना परीक्षामा सामेल रहेकोमा सुनियोजित ढंगले एकजनाको नाममात्र उतीर्ण भनी नाम निकालेको उनीहरुले बताएका छन् । योग्य र सक्षम भन्दा पनि समितिभित्र मिलेमतो गरी सुनियोजितरुपबाटै एकजनाको मात्र नाम निकालिएको आरोप उनीहरुको छ ।

सोही पदका लागि यसअघि गत फागुन ८ गते समितिले परीक्षा सञ्चालन गरेकोमा सोको नजिता नै सार्बजनिक नगरी फेरी गत फागुन २० गते स्थानीय पत्रिकामा सूचना प्रकाशन गरी अर्को परीक्षा लिएको हो । पहिलेको परिक्षाको नजिता सार्बजनिक नगरी अर्को परीक्षा गराई एकजनाको नाम मात्र निकालेकाले परीक्षा चित्त बुझ्दो नरहेको निवेदक मध्येकी सानु राजभण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: