बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

उदयपुरका कोरोना संक्रमित १ जनाको उपचारको क्रममा मृत्यु

पूर्णपुष्टि, कात्तिक २४

उदयपुरको कटारीका एक जना कोरोना संक्रमितको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कटारी नगरपालिका १४ वर्षिय कोरोना संक्रमित बालकको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
यही कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका बालक प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा १६ गते भर्ना भएको थियो । उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट ग्रसित रहेको थियो । फोक्सोमा समेत पानी जमेका बालक लामो समयदेखि नोवेल मेडिकल कलेज विराटनगरमा उपचाररत रहेको थियो ।

नियमानुसार सेनाले बालकको शव व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया