शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आरोप प्रत्यारोप रोक्न अनुशासन आयोगको आग्रह

पूर्णपुष्टि, कात्तिक २४ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले नेतृत्वलाई पार्टीको निर्णय कार्यान्वयन र एकताका बाँकी काम तत्काल पूरा गर्न आग्रह गरेको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति जारी गर्दै तत्काल पार्टीको बैठक राखेर आन्तरिक समस्या समाधान गर्न आग्रह गर्नुभएको हो ।

नेतृत्वबाट आरोप प्रत्यारोप तथा पार्टी विभाजन जस्ता अप्रिय कुराहरु सार्वजनिक भइरहेको र यो निकै चिन्ताको विषय हो । पार्टीका निर्णयहरू दराजमा थन्क्याउन नभइ आवश्यकताका आधारमा गरिने भएकोले सबै निर्णयहरु कार्यान्वयन हुनुपर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्नेमा नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै विज्ञप्तिमा पार्टी नेतृत्वको सोच साँघुरो रहेको बताइएको छ ।
बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाउन संयम, धैर्यता र राजनीतिक सुझबुझसहित नागरिक र राष्ट्रका समस्यामा ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन विज्ञप्तिबाट नै अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया