शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

नेपालमा थप १७९८ जना कोरोना मुक्त

पूर्णपुष्टि, कात्तिक २४ 

नेपालमा थप एक हजार सात सय ९८ जना निको भएको छ । योसँगै उपचारपछि निको हुनेको संख्या एक लाख ५९ हजार सात सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार एक सय ७७ जनाको नमुना परीक्षण भएको हो । अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै नौ सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय २६ पुगेको छ ।

प्रतिक्रिया

%d bloggers like this: