सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

उदयपुरमा देउसी भैलो खेल्न नपाईने

पूर्णपुष्टि, कात्तिक २४

उदयपुरमा देउसी भैलो खेल्ने नपाईने भएको छ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्लामा देउसी भैलो खेल्न निषेध गरेको हो ।
आईतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले गरेको निर्णय आज सार्वजानिक गर्दै अघिल्ला बर्षमा खेलिदै आएको देउसी र भैलो कार्यक्रम पूर्णरुपले बन्द गरिएको जानकारी गराईएको छ ।

चाडपर्वमा सवै गाउँघरमा भेला हुने भएकलो देउसी र भैलोको नाममा घर घरमा संक्रमण सर्ने खतरा रहेकाले प्रतिबन्ध लगाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बतउनुभयो । भाईटिका, दिपावली, छँैठ, देउसी भैलो पर्व समूहगत रुपमा मनाउन, जम्मा हुन र भिडभाड गर्न कानुनबमोजिम निषेध गरिएको छ । यदी कसैले सोही कार्य गरेमा कानुनबमोजिम कार्वाही गरिने उहाँले बताउनुभयो ।
बैठकले चाडपर्व घर परिवार भित्र मात्र मनाउन र मठमन्दिरमा गरिने नित्य पूजा बाहेक मठमन्दिर, सार्वजनिक स्थल, नदी र तालतलैयामा समूहमा भेला नहुन, साँस्कृतिक कार्यक्रम नगर्न, फुटबल भलिबल प्रतियोगिता नगर्न, देउसी भैलो नखेल्न, पटका, भुईचम्पा, आतिसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सर्वसाधरणलाई जानकारी गराउने निर्णय गरेको छ ।

त्यस्तै मङ्सिर ५ र ६ गते जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । चाडपर्वमा धेरै भिडभाड हुने र संक्रमण ह्वात्तै बढ्न सक्ने भएकाले बैठकले मङ्सिर ५ गते शुक्रबार दिउँसो ३ बजेदेखि ६ गते शनिबार विहान ८ बजेसम्म सदरमुकाम आसपासका त्रियुगा, बरुवा, फर्सेट, मुर्कुचीको छौंडिया, कटारीको तावाश्री लगायतका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
त्यसैगरी सक्रमण रोकथाम सम्बन्धी सचेतनाका लागि सबै स्थानीय तहले टोल–टोलमा माईकिङ्ग तथा संचार माध्यमहरुबाट नियमितरुपमा कार्यक्रमहरु सञ्चालन गर्ने, जनसमुदायलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्ने, सामाजिक दुरी कायम राख्ने र साबुन पानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्न अपिल गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताउनुभयो ।

स्वास्थ्य तथा सुरक्षाका सावधानीहरु नअपनाई भिडभाड गरी पसल, व्यवसाय संचालन गरेको पाइएमा जिल्ला अनुगमन समितिले उक्त पसललाई तत्काल बन्द गराउनेसमेत अधिकार दिइएको छ । माहामारी अझै विकरालरुपमा बढ्न सक्ने र अक्सिजनको अभावमा धेरै नागरिकहरुको ज्यान जान सक्ने भएकाले सबै स्थानीय तहले आफ्ना क्षेत्रमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आइसोलेसन वार्ड, अक्सिजन लगायतका थप आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: