शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लागुऔषध सहित २ जना पक्राउ

झापा, कार्तिक २५

झापामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । दमक नगरपालिका–८ बाट लागुऔषधसहित स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका–७ का २८ बर्षीय अमन लिङफेक लिम्बु पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गतराती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवायल सहित दुबै जनालाई अंकित कार्कीको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया