बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

विदेशबाट १ लाख ३७ हजार नेपाली स्वदेश फर्किए

पूर्णपुष्टि, कात्तिक २५

विदेशमा कोरोना महामारीबाट समस्यामा परेको र फर्कनै पर्ने अवस्थामा रहेका एक लाख ३७ हजारभन्दा धेरै नेपालीको सरकारले उद्धार गरेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार एक लाख ३७ हजार ४ सय ४२ जना नेपालीको उद्धार भएको हो । उनीहरुलाई विभिन्न ६० देशबाट उद्धार गरिएको छ । तीमध्ये सबैभन्दा बढी यूएईबाट ४० हजार ६ सय १२ जना स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै कतारबाट २६ हजार ७ सय ६० जना स्वदेश फर्किएका छन् । मलेसियाबाट १८ हजार ९ सय ३३ जना र साउदीबाट १८ हजार ८ सय ९५ जना स्वदेश फर्किएका छन् ।

कोरोनाले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ ।
कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले झण्डै उद्धारको काम सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कोरोना महामारीले विदेशमा अलपत्र परेका नागरिकलाई आठ महिनादेखि उद्धार उडानमार्फत् स्वदेश ल्याएको र अब उद्धार उडान रोक्ने तयारी भएको जनाईएको छ ।

प्रतिक्रिया

%d bloggers like this: