शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

अमेरिकी रक्षामन्त्री मार्क बर्खास्त

पूर्णपुष्टि, कात्तिक २५ 

अमेरिकी रक्षामन्त्रि मार्क एस्पर पदबाट हटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाउनुभएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् एक जना उच्च अधिकारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गर्नुभएको हो । नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । एस्परलाई निष्कासित गरिएकोबारे कारण भने खुलाइएको छैन ।

पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिनुभएको थियो ।
अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसक्नुभएको छैन । अमेरिकामा आउँदो जनवरी २० मा बाइडेनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउनुहुनेछ ।

प्रतिक्रिया

%d bloggers like this: