शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आगलागीबाट ७ घर जले नष्ट

पूर्णपुष्टि, कात्तिक २५

बारामा आगलागीबाट ७ वटा घर जलेर नष्ट भएको छ । कलैया उपमानगरपालिका–२४ सखुई निबासी शोभालाल चौधरीको घरमा अचानक आगलागी हुँदा छिमेकीहरुको ७ वटा घर जलेर नष्ट भएको हो ।
आगलागीबाट ८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आगलागीमा परी स्थानीय शोभा लाल चौधरी, टुकल महतोको २/२ लाख, राम अवतार चौधरीको १ लाख, शिशुपाल चौधरी, राम किशोर चौधरी र करी खाँ थारुको ५०/५० हजार तथा राम लाल चौधरीको १ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: