शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

रुस, अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौता

पूर्णपुष्टि, कात्तिक २५ 

लामो समयदेखि भइरहेको युद्ध रोक्न रुस, अर्मेनिया र अजरबैजानबीच सहमति भएको छ ।  अजरबैजान र आर्मीनीयाबीच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो ।
नगोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि यी दुई देशबीच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ । तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनियाको जातीय समूहको नियन्त्रणमा छ ।

नयाँ सम्झौताअनुसार युद्धका क्रममा नगोर्नो काराबाख क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू हट्न अर्मेनियाले सहमति जनाएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकप्टर खसालेको पनि स्वीकार गरेको छ । यो आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । यो क्षेत्रमा रुसी शान्ति सेनाको उपस्थिति रहने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।
शान्ति सम्झौतालाई द्वन्द्व समाधानको एउटा महत्त्वपूर्ण अवस्था भएको अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले बताउनुभएको छ । यो सम्झौता आफू र आफ्ना नागरिकका लागि पीडादायी भएको अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बताउनुभएको छ ।

प्रतिक्रिया

%d bloggers like this: