शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

कोरोनाबाट एकै दिन मोरङमा उदयपुरको १ युवकसहित ९ को मृत्यु

पूर्णपुष्टि,कार्तिक २५

कोरोना संक्रमणबाट मोरङमा एकै दिन उदयपुरको १ युवकसहित ९ जनाको मृत्यु भएको छ । जिल्लामै पहिलो पटक एकै दिन यतिधेरै संक्रमितको मृत्यु भएको हो ।

आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसन आज मृत्यु हो । मृत्यु हुनेमा ७ पुरुष र २ महिला छन् ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज बिहान मात्रै पाँच जना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ न्युरो अस्पतालमा १ र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको छ ।

उदयपुरको मृत्यु हुनेमा त्रियुगा नगरपालिका–३ का २१ वर्षीय युवक रहेको छ । उनको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएएको हो । युवकको कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ५ः३० बजे मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजे नोबेलमै ज्यान गएएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका थियो । उक्त वृद्धको पीसीआर परीक्षण  गर्दा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८ः२० बजे नोबेलमै मृत्यु भएको हो । अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

त्यस्तै झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८ः२५ बजे नोबेलमै ज्यान गएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको पनि आज बिहान मृत्यु भएको छ । त्यस्तै सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजे मृत्यु भएको कोभिड–१९ कोशी अस्पतालका अनुसार कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै मृत्यु भएको  छ । अस्पतालका  अनुसार वृद्धको मृत्यु बिहान ७ः३० बजे भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको हिजो राति ९ः५० बजे मृत्यु भएको छ । निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार उपचारका लागि अस्पताल ल्याएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यसैगरी मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएको २४ घण्टा नवित्तदै उनको आज बिहान ७ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । होम आइसोलेसनमा बसेकी वृद्धाको आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: