बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

उदयपुरका १ जना कोरोना संक्रमितको धरानमा मृत्यु

पूर्णपुष्टि, कात्तिक २५

उदयपुरका एक जना कोरोना संक्रमितको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका–२ का ४२ वर्षीय पुरूषको मंगलबार दिउँसो १२ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा यहि कात्तिक १४ गते भर्ना भएका उनीमा १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: